प्रकाश डुम्रे/दाङ
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीलाई दाङको कठाहाको थारू गाउँमा भब्य स्वागत गरिएको छ।
दाङमा आयोजित विभिन्न राजनीति एवम् अन्य भेटघाटका लागि देउखुरी पुगेका विप्लवलाई राप्ती गाउँपालिका २ कठाहा गाउँमामा थारु संस्कृति सहितको भब्य बाजागाजा र फुलमालाले स्वागत गरेका छन् ।
थारू संस्कार र संस्कृति अनुसार सखिया नाच(बडा नाच)ले स्वागत गरिएको हो ।
कठाहामा रहेको समाज सुधार युवा क्लबले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा विप्लव समेत संगै गाउँलेहरु नाचेका थिए ।
कार्यक्रममा विप्लवले सम्बोधन गर्दै थारू संस्कृति नेपालको पुरानो र ऐतिहासिक संस्कृति रहेको बताए ।
उनलेे क्रान्तिकारी र प्रगतिशील आन्दोलनमा थारू समुदायको भुमिकाको चर्चा गर्दै समाजवादी आन्दोलनमा समेतमा भुमिका बढाउने पर्नेमा विप्लवको जोड थियोे ।
विप्लव संगै पार्टी स्थायी समिति सदस्य बिषम सी,पिविएम ध्रुव सी,पार्टीका पिबिएम शितल सी ,केन्द्रीय सदस्य सविन सी,बिक्रम सी ,अडिग सी, प्रकाश सी, प्रदिप सी , पाटन सी लगायतका नेताहरूको सहभागीता रहेको थियोे ।
कार्यक्रममा देउखुरी आसपासका विभिन्न पार्टीका नेता कार्यकर्ताको उत्साहजनक सहभागीता रहेको थियोे ।
कठाहा गाउँको सांस्कृतिक कार्यक्रमका झलकहरु (तस्बिरमा):
तस्बिर प्रकाश डुम्रे/हेमन्तप्रकाश वली
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.