दिवंगत नेता शिव सीको स्मृतिमा असहाय तथा विपन्न परिवारलाई राहत वितरण

डेली न्युजराप्ती       २६ असार २०८२ २०:११ मा प्रकाशित     720 No Comments

हेमन्तप्रकाश वली ।
असार २५,तुलसीपुर ।
नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सचिवालय सदस्य दिवंगत शिव सीको स्मृतिमा असहाय तथा विपन्न परिवारलाई खाद्यान्न , लत्ताकपडा र फलफूल वितरण गरिएको छ ।
बुधबार पार्टी र परिवारको संयुक्त पहलकदमीमा विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।

नेपाल कम्युनिस्ट पार्टीले अवलम्बन गरिरहेको सी संस्कृति अनुसार आज तेस्रो दिन समाजका गरिव , असहाय , अशक्त , विपन्न तथा बृद्धबृद्धाहरुलाई मृतकको स्मृतिमा खाद्यान्न , लत्ताकपडा तथा फलफुल वितरण गर्ने गरिएको छ ।

सी संस्कृति अनुसार नेकपाका नेता शिव सीको स्मृतिमा तुलसीपुर-१६ उत्तर भेलाहीका सिताराम चौधरी र सोही ठाउँका वासुदेव चौधरी सहित तुलसीपुर-१५ पहरुवाका सम्पा दमाईलाई धान , ब्ल्याङकेट लगाएत विभिन्न लत्ताकपडा र फलफूल वितरण गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

नेकपाले पार्टीको नवौं महाधिवेशनबाट नयाँ सी जाती र त्यसको आफ्नै मृत्यु संस्कार सी संस्कार पास गरेर देशव्यापी नेताकार्यकर्ता र जनताको बिचमा प्रयोग गरिरहेको छ ।

oppo_0

सी संस्कार अनुसार पहिलो दिन मृतकको पार्थिव शरीरको अन्त्येष्टि गर्ने , दोस्रो दिन मृतकको सम्झना सार्वजनिक स्थल , घर आँगनमा त्रीरोपण (फल , फुल र जडिबुटी)का बिरुवाहरु रोपण गर्ने , तेस्रो दिन मृतकको स्मृतिमा समाजका गरिव , असहाय , अशक्त तथा बृद्धबृद्धालाई खाद्यान्न , लत्ताकपडा ,फलफुल वितरण गर्ने , चौथो दिन मृतकको सम्झनामा अक्षयकोष स्थापना गर्ने र अन्तिम दिन अर्थात पाँचौ दिन मृतकको सम्झनामा स्मृति सभाको आयोजना गरि मृतकले समाज , राष्ट्र र परिवारका लागि पुर्याएको योगदानको चर्चा गर्ने नीति रहेको नेकपाले जनाएको छ ।

राहत वितरण कार्यक्रमको सहजीकरण पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला सचिव तिलक सीले गर्नुभएको थियो।

oppo_0

राहत वितरण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्यहरु प्रदिप सी , विकाश सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्यहरु धर्ती सी , भुवन सी , प्रतिरोध सी लगाएत पार्टीका जिल्ला , पालिका र स्थानीय नेताकार्यकर्ता एवम मृतकका परिवारको सहभागिता रहेको थियो ।

नेकपा दाङ जिल्ला सचिवालय सदस्य शिव सीको ५२ वर्षको उमेरमा असार २२ गते ७:५० बजेतिर हृदयघातका कारण अकल्पनीय , असमायिक दुखद निधन भएको थियो ।

oppo_0

उहाँकि आमा कृष्णा सुवेदी अखिल नेपाल महिला सँघ दाङका संस्थापक जिल्ला अध्यक्ष (२०३६) हुनुहुन्छ भने उहाँकि जिवनसंगिनि सुमित्रा सुवेदी अखिल नेपाल शिक्षक संगठनको दाङ जिल्ला उपाध्यक्ष हुनुहुन्छ ।

दिवंगत नेता शिव सीका दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार