विप्लव नेकपाले आज साँझ दाङभरी एकैपटक मसाल जुलुस प्रदर्शन गर्दै

डेली न्युजराप्ती       १६ कार्तिक २०८२ १५:५२ मा प्रकाशित     496 No Comments

हेमन्तप्रकाश वली ।
कार्तिक १५,तुलसीपुर ।नेपाल कम्युनिस्ट पार्टी दाङले आज साँझ जिल्लाभरी मसाल जुलुस प्रदर्शन गर्ने भएको छ ।
पार्टी केन्द्रीय समितिको विशेष बैठकले घोषणा गरेका संघर्षका कार्यक्रमहरु अन्तर्गत मसाल जुलुस प्रदर्शन गर्न लागिएको नेकपाले जनाएको छ ।

पार्टीले जिल्लाका सबै पालिका , वडाहरुमा मसाल जुलुस प्रदर्शन गर्नेगरी तयारी गरेको छ ।
वर्तमान शुसिला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठनका लागि कार्तिक १३ गते भित्तेलेखन गर्ने , १५ गते मसाल जुलुस प्रदर्शन गर्ने , १७ गते कोणसभा गर्ने कार्यक्रम रहेका छन् ।

कार्तिक २० गते काठमाडौँमा नेकपाले शक्ति प्रदर्शन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार