दाङ । चिसो अत्याधिक बढेपछि तुलसीपुरमा आजदेखि तीन दिनसम्म विद्यालय बन्द गरिने भएको छ । नगरप्रमुख टिकाराम खड्काले आज कार्यालय खुल्ने वित्तिकै १० बजे नै बैठक बसी निर्णय गरेर आजैदेखि विद्यालय बन्द गरिने बताउनुभयो ।
मंगलबार सार्वजनिक बिदा परेका कारण निर्णय गर्न नसकिएको बताउँदै उहाँले बिदा दिनेबारे आज निर्णय गरिने बताउनुभयो ।
तुलसीपुरमा शुक्रबारसम्म विद्यालय बन्द गरिने नगरप्रमुख खड्काले बताउनुभयो । घोराही, लमही, राप्ती, गढवा र राजपुरले पनि चिसोका कारण आजदेखि शुक्रबार १९ गतेसम्म विद्यालय बन्द गरेका छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.