नेकपा (माओवादी)का जिल्ला सदस्य विष्णु सीका पिता गुरिलाल चौधरीको निधन

डेली न्युजराप्ती       २६ फाल्गुन २०८२ १२:०७ मा प्रकाशित     232 No Comments

दाङ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दाङ जिल्ला सदस्य विष्णु सीका पिता गुरिलाल चौधरीको निधनप्रति पार्टीले गहिरो दुःख व्यक्त गरेको छ।

पार्टीको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) जिल्ला समिति दाङले सोमबार श्रद्धाञ्जली वक्तव्य जारी गर्दै घोराही उपमहानगरपालिका–७ सिसनिहा निवासी गुरिलाल चौधरीको ७५ वर्षको उमेरमा फागुन २२ गते असामयिक निधन भएको जनाएको छ।

वक्तव्यमा दिवंगत चौधरीको निधनले परिवार मात्र नभई पार्टी र समाजलाई समेत अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ।
पार्टीले दिवंगत चौधरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा पार्टीपंक्तिमा गहिरो समवेदना व्यक्त गरेको छ।

पार्टीका जिल्ला सचिव तिलक सीद्वारा जारी वक्तव्यमा दिवंगत चौधरीको सम्झनामा सम्मान प्रकट गर्दै यस दुःखद घडीमा परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार