देशभर चट्याङ, हावाहुरी र असिनाको जोखिम, आइतबारदेखि मौसम सुधार हुने संकेत

डेली न्युजराप्ती       ८ चैत्र २०८२ ०९:२५ मा प्रकाशित     105 No Comments

काठमाडौं, ७ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशभर मौसम बदली रहेको छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै पहाडी र हिमाली भू–भागमा अधिकांश स्थानमा बादल लागेको छ।
मौसममा केही सुधार देखिए पनि आज पनि देशका विभिन्न स्थानमा चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी बागमती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी देशभर सामान्यतया बदली रहनेछ भने कोशी प्रदेशसहित हिमाली भू–भागका केही स्थान र पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आइतबारदेखि भने मौसममा क्रमिक सुधार आउने मौसमविद्हरूले बताएका छन्। यसअघि शुक्रबार आएको हावाहुरी र असिनापानीले विभिन्न स्थानमा क्षति पुर्‍याउँदै जनजीवन प्रभावित बनाएको थियो।
आज पनि सम्भावित चट्याङ, हावाहुरी र असिनापानीका कारण सतर्क रहन मौसमविद्हरू तथा सरोकारवालाले सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार