आज नवनिर्वाचित सांसदको शपथ, सिंहदरबारमा विशेष तयारी

डेली न्युजराप्ती       १३ चैत्र २०८२ १०:०३ मा प्रकाशित     56 No Comments

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे हुँदैछ।शपथ कार्यक्रमका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

सांसदहरुलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले शपथ गराउने कार्यक्रम तय गरिएको छ।
यसअघि रामचन्द्र पौडेलले ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो।

शपथ ग्रहण कार्यक्रम सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजना हुनेछ, जहाँ आवश्यक सबै व्यवस्थापन गरिएको छ।
हलमा सांसदका लागि सिट, रोष्ट्रम, सभामुखको आसन तथा सचिवालयका पदाधिकारीका लागि छुट्टै स्थान व्यवस्थापन गरिएको छ।
सचिवालयका अनुसार यसपटक ४७ जना सांसदले नेपाली बाहेक अन्य भाषामा शपथ लिने तयारी गरेका छन्। तीमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिनेछन्।
सचिवालयले सांसदहरुलाई निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजका दुईवटा फोटोसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ। साथै, औपचारिक वा सांस्कृतिक पहिचान झल्किने पोसाकमा उपस्थित हुन पनि अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार