सीपी गजुरेल नेतृत्वको क्राकपा नेपालको पत्रकार सम्मेलन भोलि घोराहीमा हुने

डेली न्युजराप्ती       २० चैत्र २०८२ ०९:२७ मा प्रकाशित     211 No Comments

घोराही । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
पार्टीले चैत १७ र १९ गतेसम्म सम्पन्न केन्द्रीय समितिको पूर्ण बैठकपछि महत्वपूर्ण निर्णयहरू सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेको हो।

पार्टीका अनुसार उक्त बैठकले समसामयिक राजनीतिक विषयवस्तुमा महत्वपूर्ण निर्णयहरू गरेको छ।
निर्णयहरू सार्वजनिक गर्नका लागि चैत २० गते पत्रकार सम्मेलन आयोजना गर्न लागिएको जनाइएको छ।
पत्रकार सम्मेलन बिहान ८ बजे घोराहीस्थित पत्रकार महासंघको हलमा हुने तय गरिएको छ।
कार्यक्रममा सञ्चारकर्मीहरूको उपस्थितिका लागि पार्टीले अनुरोध गरेको छ।

पार्टीका प्रवक्ता सुदर्शनद्वारा जारी विज्ञप्तिमा समयमै उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गरिएको छ।

सीपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिको बैठक चैत १७ गतेदेखि दाङको घोराहीमा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार