माओवादीका महासचिव विप्लवलाई पारिवारिक शोक

डेली न्युजराप्ती       २२ आश्विन २०८३ १६:३२ मा प्रकाशित     252 No Comments

दाङ: नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द “विप्लव” लाई पारिवारिक शोक परेको छ।
महासचिव विप्लवकि जेठी दिदी तुलसा चन्दको ७१ वर्षको उमेरमा आज निधन भएको हो।
लामो समयदेखि दमको रोगबाट पीडित चन्द उपचाररत हुनुहुन्थ्यो। उहाँलाई मुटुमा पनि समस्या रहेको थियो। उहाँ पछिल्लो समय लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । २०१२ सालमा जन्मिनु भएकी चन्दको आज कपिलवस्तुको शिवगढी स्थित घरमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
बुवा चित्र बहादुर चन्द र आमा आशिकादेवि चन्दको जेष्ठ सन्तानका रुपमा तुलसा चन्दका ३ दाजुभाइ र ३ दिदिबहिनी हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार