बुटवल मिलनचोकमा बम विष्फोट : विष्फोटमा स्थलमा नेकपा माओवादीको पर्चा भेटियो

डेली न्युजराप्ती       २९ बैशाख २०७९ ०७:०७ मा प्रकाशित     452 No Comments


बुटवल । बुटवलको मिलनचोकमा भएको बम विष्फोटमा नेकपा माओवादीको पर्चा भेटिएको छ।
बुधबार साँझ बुटवलको मिलनचोकमा भएको बम विस्फोटमा नेकपा माओवादीको पर्चा भेटिएको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ढग बहादुर केसीले बताए।

प्रहरीले विष्फोट गराउनेको खोजि भइरहेको जनाएको छ । बम विष्फोट भएपछि स्थानीय वासिन्दा त्रसित भएका छन।

विष्फोटबाट बि११ रेष्टुरेन्टको झ्यालको सिसा चर्केको र पश्चिमाञ्चल निर्माण सामाग्री केन्द्रको दुई ओटा सटरमा प्वाल परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मानवीय क्षति भने भएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।​

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार