२९ माघ ,काठमाडौ /नेपाल कम्युनिस्ट पार्टीले फाल्गुन १ गते हुने जनयुद्ध दिवसलाई उत्सवको रुपमा देशव्यापी मनाउने भन्दै कार्यक्रमको रुपमा बिहान बाजागाजा सहित सडक परिक्रमा गर्ने, दिउँसो भोजको आयोजना गर्ने र बेलुका दिपप्रज्वलन सहित दिपावली मनाउने कार्यक्रम सार्वजनिक गरेको छ । महासचिव विप्लव सी द्वारा शनिबार एक परिपत्र जारी गर्दै जनयुद्ध दिवसको कार्यक्रम सार्वजनिक गरिएको हो ।
२०५२ साल फाल्गुन १ गतेबाट नेपालमा शुरु गरिएको जनयुद्ध पछि देशमा गणतन्त्र स्थापना भएपनि क्रान्तिको मुख्य उदेश्य अनुसार देशका मजदुर , किसान , युवा , महिला , देशभक्त र रास्ट्रीय पुजिपति बर्गको जीवनस्तरमा कुनै परिवर्तन नअएको बरु बाह्य हस्ताक्षेप बढ्दै गएर देश तीव्र दलालीकरणको दिशामा गएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले एकीकृत क्रान्तिको कार्यदिशा अङ्गिकार गरिरहेको छ। यद्यपि तत्कालीन जनयुद्धको मुख्य नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्ड र उनको पार्टी पटकपटक सरकारको नेतृत्वमा पुगेको भए पनि जनयुद्ध र यस प्रक्रियामा बलिदान गरेका नेताकार्यकर्ताहरुलाई शहिदको समेत मान्यता अझै दिइएको छैन ।
नेपाल कम्युनिस्ट पार्टीले दोस्रो संविधान सभाको बहिष्कार गरेसंगै अहिलेको व्यवस्थाले मुलुकको अग्रगामी रुपान्तरण गर्न नसक्ने , जनयुद्ध , ०६२/६३को जनआन्दोलन र मधेस आन्दोलन , तथा थारुहट आन्दोलन लगाएतका मुद्दाहरूलाई सम्बोधन गर्न नसक्ने र देश अझ नवउपनिवेशवादको दुष्चक्रमा फस्दै जाने भन्दै एकीकृत क्रान्तिको प्रक्रियाबाट बैज्ञानिक समाजवाद ऐतिहासिक अपरिहार्य रहेको निष्कर्ष निकालेको थियो ।
दाङमा नेकपाद्वारा जनयुद्ध दिवसको अवसरमा स्लो बाइक रेस र बिबिध खेलकुद प्रतिय
नेपाल कम्युनिस्ट पार्टी दाङले संयुक्त रुपमा २८औ जनयुद्ध दिवस भव्यताका साथ मनाउने भएको छ ।
नेकपा पश्चिम दाङ र पुर्वी दाङले फागुन १ गते महान जनयुद्ध दिवसको अवसरमा तुलसीपुरमा स्लो बाइक रेस प्रतियोगिता गर्ने जनाएको छ ।
बुधबार तुलसीपुरमा नेकपा पश्चिम दाङ र पुर्वी दाङका नेता-कार्यकर्ताहरुको संयुक्त अनौपचारिक छलफलमा २८औ जनयुद्ध दिवसलाइ भव्य पर्वका रुपमा मनाउने निर्णय भएको हो ।
नेकपा दाङले २८औ जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान , बिबिध खेलकुद प्रतियोगिता (भलिबल , फुटबल लगाएत) , साझ जिल्लाका मुख्य शहरहरुमा दिप प्रज्वलन लगाएतका कार्यक्रमको समेत आयोजना गरिएको जानकारी दिएको छ ।
अनौपचारिक छलफलमा नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सी , नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मल सी , नेकपा पुर्वी दाङका सेक्रेटरी जनक सी , नेकपा तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज भुवन सी , सेक्रेटरी शिव सी , गणतान्त्रिक खेलकुद महासंघका लुम्बिनी प्रदेश इन्चार्ज रुद्र सी , युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज जिवनी सी लगाएत उपस्थित थिए ।
अनौपचारिक छलफलमा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सीले अब पार्टीले संगठनलाई परिचालित बनाउदै स्थानीय स्तरमा बिकास निर्माणसंग जोड्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।
महान जनयुद्ध दिवसलाइ पर्वको रुपमा मनाउनुपर्छ , उनले थपे ‘ फागुन १ नेपाली जनताले आफ्नो व्यवस्था प्राप्तिका लागि मुक्तीको बाटो रोजेको दिन हो । यो दिनलाइ हामिले उत्सवको रुपमा मनाउनुपर्छ । हजारौं योद्धाहरुको बलिदान , त्याग , समर्पणलाई हामिले उच्च सम्मान गर्नुपर्छ । जनयुद्धका अधुरा कार्यभार पूरा गर्न एकीकृत जनक्रान्तीमा लामबद्ध हुनु अहिले आवश्यकता हो ।’
अनौपचारिक छलफल कार्यक्रमको सहजीकरण नेकपा तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज भुवनले गरेका थिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.