बाजुरामा टेकेन्द्र सुनारमाथि वडा अध्यक्ष जुद्ध ऐडीद्वारा जातिय विभेद गर्दै कुटपिट र लुटपाट

डेली न्युजराप्ती       १२ आश्विन २०७९ २१:१० मा प्रकाशित     437 No Comments


बाजुरा। बाजुरामा नवरात्री बस्न गएका टेकेन्द्र सुनारलाई वडा अध्यक्ष जुद्ध ऐडी लगायतको समुहले जातिय विभेद गर्दै कुटपीट र लुटपाट गरेका छन । बाजुराको त्रिबेणी नगरपालीका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध ऐडीको समुहले मंगलबार नाट्यश्वरी मन्दिरमा नवरात्री बस्न गएको समयमा जातिय विभेद गर्दै उनिसंग भएको नगद ६० हजार लुटपाट गरेको पीडित सुनारले बताएका छन ।

बाजुराको त्रिबेणी नगरपालीका वडा नम्बर ९ पैमामा रहेको नाट्यश्वरी मन्दिरमा मंगलबार पूजा सामाग्री लिएर गएको समयमा जातिय विभेदजन्य शब्द प्रयोग गरी कुटपीट गर्नुका साथै नगद साठी हजार लुटेर लगेको उनले रुदै जानकारी गराएका छन ।
वडा अध्यक्ष जुद्ध ऐडी र मन्दिरका पूजारी रंग उपाध्याय विरुद्ध पीडित सुनारले ईलाका प्रहरी कार्यालय पैमामा जातिय विभेद र लुटपाट सम्बन्धी जाहेरी दिएको र नगरपालीका कार्यपालीका सदस्य विनिता मीजारको घरमा आश्रय लिई रहेको समेत जानकारी गराए । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय पैमामा बुझ्दा चौकीका ईन्चार्ज असई मीठ्ठु बोहराले मन्दिरका पूजारी रंग उपाध्याय लगायतको तीन जनाको नाममा निबेदन परेको जानकारी गराउदै उनिहरुको खोजतलास भईरहेको जानकारी गराउनु भएको छ।
निवेदन प्राप्त भएपछि हामी विहानैदेखि खोजतलासमा लागेका छौ ,फोन पनि स्विचअफ भएकाले उनिहरुलाई भेटाउन सकेका छैनौ पक्राउ गरेर जिल्ला नै पठाउने हो असई बोहराले जानकारी गराउनु भयो । स्थानीय सुरेन्द्र मीजारले जातिय विभेद गरेर लुटपाट समेत गरिएको जानकारी गराउदै ईलाका प्रहरी कार्यालयले उनिहरुको खोजीकार्य गरी रहेको जानकारी गराए । उनले कुटपीटबाट सुनारको आँखा,कान,नाक र पीठ्युमा चोट लागेको जानकारी गराए ।
बाजुराको बुढीगंगा नगरपालीका वडा नम्बर ५ नौविस नुवाघर घर भई हाल कञ्चनपुरको भिमदत्त नगरपालीका वडा नम्बर ७ हल्दुखाल बस्दै आएका सुनारले नवरात्री पूजाकै लागी गृह जिल्ला गएको बताउदै नवरात्री बस्न गएकै दिन जातीय विभेद गर्दै कुटपीट र लुटपाट गरिएको बताए । कञ्चनपुरमा अटो रिक्सा चलाउदै आएका ५२ बर्षीय सुनारले रुदै आफुले लगेको २० हजारको पूजाको सामाग्री नष्ट गरिदिएको बताउदै आफुसंग भएको नगद ६० हजार समेत लुटेर लगेको बताए । घटनाबारे जिल्ला प्रहरी कार्यालय बाजुरामा बुझ्न खोज्दा प्रहरी नायव उपरिक्षक र प्रहरी निरक्षक गीरेन्द्र बोगटीको फोन उठन सकेन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार