आसन्न मंसिर ४ गतेको संसदीय चुनाव खारेज गर्छौं: प्रकाण्ड

डेली न्युजराप्ती       ३ कार्तिक २०७९ ०७:३७ मा प्रकाशित     295 No Comments

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले आगामि मंसिर ४ गते हुन गईरहेको प्रदेश र केन्द्रीय संसदको निर्बाचन खारेज गर्ने निर्णय गरेको बताएका छन।पार्टीको गत असोज २५ गते देखि कार्तिक २ गते सम्म कपिलवस्तुको शिवगढीमा सम्पन्न नवौं महाधिवेशन द्वारा पारित समसामयिक प्रस्तावहरू बारे संचारकर्मिहरुलाई जानकारी गराउदै प्रबक्ता प्रकाण्डले उक्त कुरा बताएका हुन।
नेपाल कम्युनिस्ट पार्टीको महाधिवेशन आयोजक समितिले प्रस्तुत गरेको १ सय २० पृस्ठ लामो राजनैतिक प्रस्ताव तथा बिधान पारित भएपछि प्रस्तावमा अगाडि सारिएका मालेमावादका तीन संघटक अंगहरू संग सम्बन्धित बिसय हरुलाई सार्बजनिक गर्दै प्रवक्ता प्रकाण्डले भने – ‘यो चुनावमा जसरी पनि दलाल र भष्ट तत्वहरुनै जितेर आउने स्तिथि हुन्छ । र यो कुनै जनताको लोकतान्त्रिक अधिकार प्रयोग गर्ने भन्दा पनि केही मान्छेको अभिष्ट पूरा गर्ने माध्यम हुदैछ हामी यसलाई नकाव सिद्ध गर्न चाहान्छौ,र जनतालाई अपिल गर्छौ।’

बुधबार सम्पन्न नेकपाको नवौं महाधिवेशन ले ८१ सदस्यीय पुर्ण केन्द्रीय समिति र ४५ जना वैकल्पिक केन्द्रीय सदस्य गरि १२६ जनाको केन्द्रीय समिति र १३९ सदस्यीय केन्द्रीय प्रतिनिधि समिति निर्बाचित गरेको कुरा जानकारी गराइएको छ । यस्तै महाधिवेशनले ८ सदस्यीय केन्द्रीय सल्लाहकार समिति समेत निर्वाचित गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार