नेकपाले भन्यो‘पहिले व्यवस्था फेर्नतिर लागौं अनि निर्वाचित गरौंला असल व्यवस्थाका असल पात्र’

डेली न्युजराप्ती       १९ कार्तिक २०७९ ११:४९ मा प्रकाशित     976 No Comments

नेकपाद्वारा मंसिर ४ गतेको संघ र प्रदेशको निर्वाचन खारेजीका लागि अपिल सार्वजनिक

कार्तिक १९ , दाङ । नेपाल कम्युनिस्ट पार्टीले आसन्न मंसिर ४ गते घोषणा गरिएको संघ र प्रदेशको निर्वाचन खारेजीका अपिल सार्वजनिक गरेको छ ।
नेकपा नवौं केन्द्रीय समितीद्वारा सार्वजनिक अपिलमा नेकपाले दलाल पुजीवादी सत्ताको चुनाव खारेज गरौं,एकीकृत जनक्रान्तीमा अगाडि बढौ भन्ने मुल नारा तय गरेको छ ।

नेकपाद्वारा सार्वजनिक अपिलमा अहिलेको आवश्यकता व्यक्ती चुन्ने नभएर व्यवस्था चुन्ने वा बदल्ने भएकाले व्यक्ति चुन्दाचुन्दा,व्यक्ती फेर्दाफेर्दा आजित नागरिकहरुले व्यवस्था नै खराब र जनविरोधी भइसकेपछी व्यक्ती र नेता फेरेर कुनै अर्थ नहुने बुझ्नुपर्ने उल्लेख गरिएको छ ।
अपिलमा भनिएको छ – ‘व्यक्ती फेरेर व्यवस्था फेरिदैन । व्यवस्था नफेरेसम्म व्यक्ती फेर्नुको कुनै औचित्य छैन । नेपालमा फेर्नु पर्ने र चुन्नु पर्ने राज्यसत्ता हो । व्यक्ती मात्र होइन ।’

यस्तै अपिलमा संसदीय व्यवस्था चल्दैन , सफल हुदैन , यो जनताको होइन , देश र ज जनताले दुख पाउछन् भन्दाभन्दै अमेरिका , भारत र युरोपियन युनियनको आदेशमा नेपालका दलालहरुले थोपरेको समेत स्पष्ट पारिएको छ ।

पार्टीद्वारा सार्वजनिक गरिएको अपिलमा भनिएको छ– ‘ यो दलाल पुजीवादी सत्ता थोपरेदेखी न देशमा शान्ति छ , न जनताले कुनै सुख-सुबिधा पाएका छन , न अध्यन-लेखन , न रोजगारी , खाने बस्ने वातावरण छ , न न्याय र शुसासन छ । जताततै व्यथिती , अराजकता , लुटपाट , भ्रष्टाचार , दलाली , तस्करी छाएको छ ।’

अमेरिकी साम्राज्यवादले एमसिसी पास गराएर नेपाललाइ नवउपनिवेशमा पुर्याएको छ । यहाँका संसदवादी दलालहरु उनिहरुको पाउमा पुजा गरिरहेका छन । जनतामा असन्तुष्टि,वेचैनी , आक्रोश , बिद्रोह चलिरहेको छ । केवल ५ प्रतिशत शोषक , दलाल र लुटेराहरुले मात्र यो व्यवस्थामा मोजमस्ती उडाइरहेका छन र उत्सव मनाइरहेका छन , अपिलमा भनिएको छ ।’

यो व्यवस्था नै जनताको नभएर लुटेरा , भ्रष्ट र दलालहरुको भएपछी जसलाइ चुनेपनी लुटेरा , भ्रष्ट र दलाल मध्य नै पर्ने भएकाले जसलाइ भोट हालेपनी यो पाँच वर्ष लुट्ने जिम्मा कसलाइ दिने भनेर सहमती दिनु मात्रै भएकाले लुटेराहरुलाइ लुट्ने अधिकार आफ्नै हातले नदिन अपिल समेत गरिएको छ ।

दलाल पुजीवादी सत्ताको जरोकिलो नउखेलेसम्म र यसको स्थानमा श्रमिक जनताको व्यवस्था वैज्ञानिक समाजवाद स्थापना नगरेसम्म देशले स्वाधीनता , स्वतन्त्रता , मुक्ती र शान्ती पाउने छैन । त्यसैले चुनावमा भोट दिएर होइन खारेज गरेर नया निकासको आवश्यकताको सन्देश दिन जरुरी भएको नेकपाले स्पष्ट पारेको छ ।

पार्टीद्वारा सार्वजनिक अपिल पत्रमा भनिएको छ– ‘ हामी जनतालाइ अर्को तथ्यपनि बताउन चाहान्छौ कि राज्यसत्ता र व्यवस्था चुनावबाट मात्र बदल्न सम्भव छैन । किनकी चुनावमा जनताको मत होइन पैसा , पुजी , बन्दुक षड्यन्त्र , बिदेशी मालिकहरु प्रयोग हुन्छन । यदि जनताको राज्यसत्ता स्थापना गर्ने हो भने क्रान्ती अर्थात एकीकृत जनक्रान्ती आवश्यक छ । पुरानो सत्ताले जबर्जस्त लाद्ने बलका विरुद्ध जनताको बल , जनतालाइ दबाउने प्रतिक्रान्तीका विरुद्ध क्रान्ती , दलाल र साम्राज्यवादिहरुको एकताका विरुद्ध सारा देशभक्त , प्रगतिशील , कम्युनिस्ट शक्तिहरुको एकता आवश्यक छ । त्यसका लागि चुनावमा होइन एकीकृत जनक्रान्तीमा लामबद्द हुन तयार बनौं ।’

सार्वजनिक अपिलको अन्त्यमा भनिएको छ– ‘ कुनै लोभ , लालछ , डर त्रासमा नपरेर दलाल पुजीवादको गर्भमा हुर्कदै गरेको र जुनसुकै बेला बिस्फोट हुनसक्ने एकीकृत जनक्रान्तिको सम्भावनालाई पकड्न तयार बन्दै जाउ । पहिले व्यवस्था फेर्नतिर लागौं अनि चुनौला व्यक्ति , असल व्यवस्थाका असल पात्र र नेताहरु ।’

नेकपाद्वारा सार्वजनिक अपिलको पुरापाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार