काठमाडौं । आसन्न संघ र प्रदेश सभाको निर्वाचन खारेजीको लागि शान्तिपूर्ण ढंगले बिभिन्न सभा र जुलुस प्रदर्शन गर्दै आइरहेको नेपाल कम्युनिस्ट पार्टीले पछिल्लो समय बिभिन्न विस्फोटक घटनामा पार्टीको नाम जोडेकोमा आपत्ति जनाउदै पार्टीबिरुद्ध सुनियोजित ढंगले चलाएका यस्ता भ्रमपूर्ण कुरामा बिश्वास नगर्न र सचेत हुन आम जनतालाई आग्रह गरेको छ। सो पार्टीले शुक्रबार काठमाण्डौको हाँडीगाउँ , बूढानीलकण्ठ र ललितपुरको जावलाखेल स्टाफ कलेज अगाडि राखिएको शङ्कास्पद वस्तु नेकपाले राखेको समाचार भ्रमपूर्ण भएको बताएको छ । सो पार्टीले निर्वाचन खारेज अभियान नितान्त जनपरिचालित कार्यक्रम रहेको भन्दै जनतालाई आतंकित गर्ने कार्य पार्टीको नभएको ठोकुवा गर्दै नेकपालाई बद्नाम गर्न र नेकपाको आडमा आफ्नो स्वार्थसिद्ध गर्न तम्सिएका दलाल र सम्राज्यवादीका मतियारले यस्तो घटना घटाएको हुन सक्ने दावी गरेको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.