कर्ण विश्वकर्मा
काठमाडौ । जनपत्रकार संगठन नेपालको सचिवालय बैठक सम्पन्न भएको छ । संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माको अध्यक्षतामा बिहीबार साँझ भर्चुअल बसेको बैठकले जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य, बरिस्ठ पत्रकार , उत्थान साप्ताहिक पत्रिकाका सम्पादक सुदर्शन राज पाण्डेको स्वास्थ्य लाभको कामना गरेको छ।
स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि महाराजगन्जस्थित शिक्षण अस्पतालको आइसीयु कक्षमा उपचारार्थ पाण्डेको स्वास्थ्य लाभको कामना गर्दै संगठनको तर्फबाट उहाँको उपचारको लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको हाे ।
सचिवालय बैठकले पत्रकार महासंघको आगामी निर्वाचनको आवश्यक तयारीमा सबै केन्द्रीय सदस्यहरूलाई आआफ्नो कार्यक्षेत्रमा लाग्न निर्देशन गर्ने निर्णय गरेको गरेको छ ।
यस्तै बैठकले संगठनको प्रकाशन लगायतका कामकाजको लागि खाता संचालन गर्नुपर्ने भएकाले सचिव बसन्त विक र काेषाध्यक्ष दिपेश विष्टले संगठनको खाता संचालनकाे लागि अविलम्ब आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ । संगठनको मुखपत्र प्रकाशनका लागि ताेकीएका ब्यक्तिहरूलाई लेख रचना पठाउन निर्देशन गर्ने निर्णय गरिएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.