आत्मदाह गरेका युवा व्यवसायी आचार्यको न्यायको निम्ति विप्लवका बिद्यार्थी आन्दोलित!

डेली न्युजराप्ती       ११ माघ २०७९ १४:१६ मा प्रकाशित     218 No Comments

अखिल (क्रान्तिकारी)द्वारा बानेश्वरमा आत्मदाह गरि मृत्यु भएका प्रेम प्रसाद आचार्यलाइ नागरिक योद्धा घोषणा गर्न माग

माघ ११/तुलसीपुर । विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)ले आत्मदाह गरि मृत्युवरण गरेका प्रेम प्रसाद आचार्यलाई नागरिक योद्धा घोषणा गर्न माग गरेको छ ।
माघ १० गते काठमाडौं बानेश्वर स्थित संघिय संसद भवन अगाडि ईलामका युवा उद्यमी प्रेम प्रसाद आचार्यले आफैलाई आगोले जलाई आत्मदाह गरि उपचारको क्रममा आज निधन भएको थियो ।

अखिल(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष प्रकाश सीले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै नागरिकहरुको समस्यामा रमिते बन्ने राज्य विरुद्ध बिद्रोहको अपिल गर्ने नागरिक बिद्रोहका अगुवा युवा प्रेम प्रसाद आचार्यलाइ नागरिक योद्धा घोषणाको माग गर्दै आत्मदाहमा निधन भएका प्रेम प्रसाद आचार्यप्रती हार्दिक श्रद्धाञ्जली र उनको परिवारमा गहिरो समवेदना व्यक्त गरिएको छ ।
साथै बिज्ञप्तिमा राज्य व्यवस्था , नेतृत्वको असफलता र चरम संकट विरुद्ध देशव्यापी आन्दोलनमा उत्रीन युवा बिद्यार्थीहरुलाइ आह्वान समेत गरिएको छ ।

बिज्ञप्तिमा अगाडि भनिएको छ ‘बानेश्वरको संघीय संसद भवन अगाडि इलामका युवा व्यवसायी प्रेम प्रसाद आचार्य आफ्नो लामो भोगाइ र पिडासहित जुन आत्मदाह गरे त्यो सम्पुर्ण नेपाली समाजले भोगेको यथार्थ चित्र हो । यो राज्यको असफलताको प्रमाण हो । साथै यो राज्यले नागरिकमाथी गरेको जघन्य अपराध पनि हो । आत्मदाह समस्याको समाधान त होइन तर राज्य विरुद्ध सचेत बिद्रोह जरुरी छ ।’

यस्तै संगठन केन्द्रीय समितीले आज काठमाडौंको माइतीघर मण्डलामा दिउसो २:३० बजे आत्मदाह गरेका युवा व्यवसायी प्रेम प्रसाद आचार्यको न्यायको निम्ति बिरोध प्रदर्शन गर्ने जनाएको छ । साथै संगठनले देशव्यापी आन्दोलन गर्न बिज्ञप्ति मार्फत सर्कुलर समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार