अखिल (क्रान्तिकारी) द्वारा स्ववियु निर्वाचनको व्यापक तयारी गर्ने निर्णय

डेली न्युजराप्ती       २८ माघ २०७९ ०७:३० मा प्रकाशित     206 No Comments

२७ माघ ,काठमाडौ /अखिल नेपाल रास्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी केन्द्रिय समितिले आगामी चैत ५ गते हुने भनिएको स्ववियु निर्वाचनको व्यापक तयारी गर्ने निर्णय गरेको छ।काठमाडौ स्थित कमलादीमा शुक्रबार सम्पन्न अखिल क्रान्तिकारी केन्द्रिय समितिको पाँचौ पुर्ण बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले संगठन लाई सुदृढ र व्यवस्थित गर्ने,क्याम्पस केन्द्रित अभियान संचालन गर्ने,क्याम्पसहरुमा रचनात्मक क्रियाकलाप गर्ने,संगठनलाई जनआधारित संगठन बनाउने ,६ महिने आवधिक योजनालाई विद्यार्थी माझ लैजाने ,मेडिकल माफिया विरुद्द देशव्यापी आन्दोलन गर्ने,शिक्षा क्षेत्रका समस्याहरू ,विकृति ,विसंगति ,बेथिति विरुद्ध संघर्ष गर्ने निर्णय समेत गरेको छ।

अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश सीको अध्यक्षतामा भएको पाचौं पुर्ण बैठकमा नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य तथा विद्यार्थी फ्रयाक्सन इन्चार्ज शिलु सीले बैठकमा प्रमुख अतिथिको रुपमा प्रशिक्षण मन्तव्य व्यक्त गर्दै
कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता हिडिरहेको बाटो सुन्दर र महान भएकाले देश निर्माणको बारेमा सोच्नु पर्ने दायित्व पनि युवा विद्यार्थीहरु कै भएको भन्दै आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा सम्पुर्ण विद्यार्थी संगठन जुट्न निर्देशन दिइन।

अखिल क्रान्तिकारी केन्द्रिय समितिको बैठकले भौगोलिक जिल्ला अन्तर्गत २१ वटा ब्युरो र गैरभौगोलिक जिल्लाको ६ वटा ब्यूरो गरि देशभर २७ वटा व्यूरो संरचना बनाएर केन्द्रिय सदस्यहरुको कार्यक्षेत्र बिभाजन गरेको छ भने पाँचौ बैठकका निर्णयहरुको विस्तृत जानकारी केही दिन पछि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार