पुर्वमा विप्लव निकट अखिल(क्रान्तिकारी)को पक्षमा बिद्यार्थीको आकर्षण बढ्दो!

डेली न्युजराप्ती       १८ चैत्र २०७९ २१:१२ मा प्रकाशित     378 No Comments

चैत १८ , दाङ । नेपालको पुर्वी भुगोलमा आम बिद्यार्थीको आकर्षण विप्लवले नेतृत्व गरेको नेकपा निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को पक्षमा देखिएको छ ।
पुर्वको भोजपुरमा नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) बाट स्ववियु निर्वाचन लडेर बिजयी हुनुभएका समेतले विप्लवको बिद्यार्थी संगठनमा प्रवेश गरेका छन् ।

पुर्वको भोजपुरमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) परित्याग गरि भोजपुर बहुमुखी क्याम्पसमा स्ववियु सदस्य समेत रहेका गोकुल राई र बिद्यार्थी संगठनका जिल्ला सचिवालय सदस्य धिरेन्द्र किराँतीले विप्लवले नेतृत्वको बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा ध्रुवीकृत भएका हुन् ।

यस्तै आज अखिल (क्रान्तिकारी) पुर्वी कमाण्डको स्ववियु समिक्षा , बधाई तथा प्रशिक्षणका साथै धुर्विकरण कार्यक्रम सुनसरी को इटहरीमा संगठनका महासचिव ललित सीको अध्यक्षता र नेकपाका पिविएम तथा कोशी ब्युरो ईन्चार्ज दिपश सीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।
स्ववियु समिक्षा , बधाई तथा प्रशिक्षण कार्यक्रममा ध्रुवीकृत हुनुहुने कमरेडहरु धिरेन्द्र किराती र गोकुलधन राईलाई संगठनको सदस्यता हस्तान्तरण सहित प्रमुख अथितिबाट हार्दिक स्वागत र स्ववियु मा निर्वाचित हुनुहुने सबै बिद्यार्थी कमरेडहरुलाई बधाई तथा सम्मान गरिएको संगठनका महासचिव ललित सीले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार