छत्तीसगढमा माओवादी आक्रमणमा परि ११प्रहरीको मृत्यु

डेली न्युजराप्ती       १४ बैशाख २०८० १८:२२ मा प्रकाशित     307 No Comments

भारतको छत्तीसगढ राज्यको दन्तेवाडामा माओवादीहरूले गरेको बम आक्रमणमा परेर १० सुरक्षाकर्मीसहित ११ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दन्तेवाडाको अरनपुर क्षेत्रमा माओवादीहरू रहेका सूचना पाएपछि एउटा गाडीमा सुरक्षाकर्मीको टोलीलाई त्यसतर्फ पठाइएको थियो।

मृत्यु हुनेमा डिस्ट्रिक्ट रिजर्भ गार्ड (डीआरजी) का १० जवान र गाडीका चालक थिए।

माओवादीविरुद्ध गरिएको कारबाहीपछि फर्किँदै गरेका सुरक्षाकर्मीको गाडीलाई निसाना बनाएर माओवादीहरूले विस्फोट गराएको बताइएको छ।

घटनास्थलमै १० जना जवान र चालकको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार