एमसिसि सम्झौता विरुद्ध भोलि नेकपासहित ८ दलले देशव्यापी बिरोध प्रदर्शन गर्ने, दाङको घोराहीमा प्रदर्शन हुने

डेली न्युजराप्ती       ५ फाल्गुन २०७८ १९:३४ मा प्रकाशित     529 No Comments


हेमन्त प्रकाश वली, दाङ। नेपाल कम्युनिस्ट पार्टी सहित पाँच पार्टी र दुई मोर्चाको संयुक्त बैठक सम्पन्न भएको छ।
आज नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको संयुक्त बैठकले एमसिसी सम्झौता विरुद्ध भोलि फागुन ६ गते देशव्यापी संयुक्त बिरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। साथै काठमाडौंमा दिनको १२ बजे माइतीघर मण्डलाबाट संसद भवन अगाडि नया बानेश्वरसम्म संयुक्त बिरोध प्रदर्शन गर्ने ८ दलद्वारा हस्ताक्षरित संयुक्त बिज्ञप्तिमा उल्लेख गरिएको छ।

यस्तै बिज्ञप्तिमा अमेरिकी साम्राज्यवादले जबर्जस्त लाद्न खोजेको एमसिसी सम्झौता विरुद्ध राष्ट्रिय स्वाधीनता रक्षाको संघर्षलाई सफलिभुत बनाउन आम देशभक्त नेपाली जनसमुदायसंग गहिरो अपिलसहित थप कार्यक्रमको घोषणा गरेको उल्लेख छ।

दाङको घोराहीमा भोलि संयुक्त बिरोध प्रदर्शन:
यस्तै नेपाल कम्युनिस्ट पार्टी सहित पाँच पार्टी र दुई मोर्चाको आयोजनामा भोलि घोराहीमा संयुक्त रुपमा बिरोध प्रदर्शन हुने भएको छ। भोलि घोराहीमा हुने बिरोध प्रदर्शन कार्यक्रम १२ बजेदेखि बिरोध प्रदर्शन र्याली सुरु भएर घोराहीका विभिन्न चोक परिक्रमा गर्दै तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत हुने नेकपा दाङका सेक्रेटरी प्रदिपले जानकारी दिनुभएको हो।
राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध आम देशभक्त नेपाली नागरिकहरुलाइ राष्ट्रको रक्षाका निम्ति सडक संघर्षमा उत्रन नेकपा दाङ लगाएत संयुक्त दलले आह्वान समेत गरेका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार