कलाकार दिपकराज गिरीले विप्लवलाई भेटेलगत्तै फेसबुकमा लेखे ‘कुराकानीको केन्द्रविन्दु देश’

डेली न्युजराप्ती       २४ बैशाख २०८० १७:२९ मा प्रकाशित     372 No Comments

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र कलाकार दिपकराज गिरीबिच भेटघाट भएको छ।देशको समसामयिक स्थितिबारे एकआपसमा सुझाव आदनप्रदान गर्न बुद्दनगरस्थित नेकपाको कार्यालयमा आइतबार नेकपा महासचिव विप्लव र कलाकार गिरीबिच भेटघाट भएको हो।

भेटघाटको क्रममा देशको राजनीतिक -आर्थिक लगाएत समग्र जनजीवन असहज र संकटग्रस्त बन्दै गएको बेला नेपाल कम्युनिस्ट पार्टी र महासचिव विप्लवले उठाउदै आएका मुद्दाहरुलाई इमानदारीतापुर्वक अगाडि बढाउदै देशको हितमा काम गर्न कलाकार गिरिले नेकपा महासचिव विप्लवलाई सुझाव दिएका थिए भने महासचिव विप्लवले नेपालको सामाजिक राजनीतिक क्षेत्रको बेथिति बिरुद्ध बिगतमा झै अझ सशक्त ढङ्गले काम गर्न र देशको संकटसङ्ग जुझ्न नागरिकलाई सुसज्जित गर्न कलाकारको महत्त्वपूर्ण भुमिका हुने बताएका थिए।

कलाकार दिपकराज गिरी र महासचिव विप्लवबिचको भेटघाटको फोटो सार्वजनिक गर्दै गिरीले- “गैरराजनीतिक भेटघाट तर कुराकानीको केन्द्रविन्दु देश” भनेर आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत बताएका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार