घोराही । देशभरबाट विभिन्न पार्टीमा आवद्ध रहेका सक्रिय नेता तथा सदस्य र स्वतन्त्र व्यक्तिहरु विप्लव नेकपामा प्रवेशको लहर बढ्दै गइरहेको छ । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङमा पनि विभिन्न पार्टी परित्याग गरि प्रवेश गर्नेहरुको संख्या बढ्दै गइरहेको हो ।
माओवादी केन्द्र पार्टी परित्याग गरि खड्ग परियार, सीता परियार, पुष्कर परियार, शारदा परियार, जगबहादुर चौधरी, कृष्ण विक, प्रेम विक र स्वतन्त्रबाट खेल प्रशिक्षक तथा स्वतन्त्र युवाहरु शारीरिक सुगठक ( जिम) का प्रशिक्षक शंकर रोकाय, योगा तथा जिम प्रशिक्षक महेन्द्र जिसी (म्याक्स)ले गरी ९ जना विप्लव नेकपामा
प्रवेश गरेका छन् । शनिबार घोराहीमा सम्पन्न पार्टीको जनबर्गीय तथा मोर्चाहरुको प्रथम संयुक्त भेला उनीहरु पार्टी प्रवेश गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्तीब्यूरो इन्चार्ज सविन सी लगायतका नेतहरुले उनीहरूलाई टीका लागाएर पार्टीमा स्वागत गरेका थिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.