एकिकृत जनक्रान्ति पुँजीवाद भत्काउने स्कुल हो: भरत सी

डेली न्युजराप्ती       ३२ जेष्ठ २०८० ११:३५ मा प्रकाशित     309 No Comments

काठमाडौ /नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा स्कुल बिभाग इन्चार्ज भरत सी ले पूँजीवाद भत्काउने स्कुल नै एकिकृत जनक्रान्तिको स्कुल भएको र
पुरानो कम्यूनिस्ट स्कूलले लक्ष्य हाँसिल गर्न असफल भएकोले एकिकृत जनक्रान्तिको स्कुल आवश्यक रहेको बताएका छन।नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्युरोद्वारा बुधबारदेखि प्रारम्भ गरिएको स्कुलिङलाई औपचारिक रूपमा उद्घाटन गर्दै नेता भरत सी ले यस्तो बताएका हुन।

मन्तव्यको क्रममा नेता भरत सी ले व्यक्तिलाई केन्द्रमा राख्ने व्यवस्था पूँजीवाद हो र समाजलाई केन्द्रमा राख्ने व्यवस्था समाजबाद भएको भन्दै पूँजीवादले माओवादी आन्दोलनलाई विचलन गराएको बताए।

नेपालमा पुरानो व्यवस्था फेल भएको र अमेरिका नेपालमा प्रवेश भएकोले नेपालमा नयाँ मोर्चा जरुरी रहेको समेत उनको धारणा थियो ।

४ दिन सम्म सञ्चालन हुने स्कुलिङ्मा दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र बैज्ञानिक समाजवाद तथा एकीकृत क्रान्तिका सम्बन्धमा कक्षाहरु हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार