राजपुरमा पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

डेली न्युजराप्ती       १५ कार्तिक २०८० ०७:१६ मा प्रकाशित     138 No Comments

दाङ, १५ कार्तिक । दाङमा पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जनाका घाईते भएका छन् । पिकअपको ठक्करबाट मोटरसाइकल चालक राजपुर-२ बेला निवासी २१ वर्षीय श्रवण यादवको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्करबाट सोही ठाउँ निवासी २६ वर्षीय सबिना यादव गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

किराना सामान बोक्ने लु ३ च ३८५३ पिकअपले राजपुर गाउँपालिका-२ सोमाइथान मन्दिर अगाडि रा २ प ४९११ नम्बरको मोटरसाइकललाई मंगलबार राति करिब ८ बजेतिर ठक्कर दिएको हो ।

गाडी चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ भने घाइतेलाई उपचारको लागि लमही अस्पताल लगिएको प्रवक्ता मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार