पाकिस्तान क्रिकेट टिमको कप्तान बाबर आजमले राजीनामा दिएका छन् । आजमले पाकिस्तान क्रिकेट टिमको सबै फर्म्याटका कप्तानबाट राजीनामा दिएको बुधबार जियो न्युजले जनाएको छ ।
उनको कप्तानीमा पाकिस्तानले एशिया कप र विश्वकपमा लागातार खराब प्रदर्शन गरेपछि उनले राजीनामा दिने अनुमान समेत गरिएको थियो । विश्वकपमा पाकिस्तान लिग चरणबाट बाहिरिएपछि बाबरको आलोचना भइरहेको थियो ।
मिडिया रिपोर्टका अनुसार बाबरलाई पाकिस्तानी क्रिकेट बोर्डले टेस्ट खेलमा मात्र कप्तानी गर्न अफर गरेपछि उनले राजीनामा दिएका हुन् ।
‘आज मैले पाकिस्तानी क्रिकेट टिमको सबै फर्म्याटको कप्तानबाट राजीनामा दिएको छु,’ बाबरले एकसमा राजीनामाको जानकारी दिदै लेखेका छन्, ‘यो कठिन निर्णय हो । तर यो राजीनामा दिने सहि समय भएको महसुस गरेर निर्णय लिएको छु ।’
बाबरले पाकिस्तान क्रिकेटको सबै फर्म्याटमा खेलाडीको रुपमा रहने बताएका छन् र नयाँ कप्तानलाई आफूले पूर्ण रुपमा सहयोग गर्ने बताएका छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2023 शहिद महान स्मृति संचार गृह प्रा.ली.