दाङ । दाङमा एक युवकलाई खुकुरी प्रहार गरी हत्याको प्रयास गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ शंखेपिपलका १८ वर्षिय तीर्थ बहादुर पुनलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले घोराही-१८ का १७ वर्षका युवक, घोराही-१४ गणेश मन्दीर टोलका १६ वर्षका युवक, बंगलाचुली गाउँपालिका वडा नम्बर १ जुम्लेपानी घर भई घोराही-१८ बस्ने २० वर्षिय देवेन्द्र कुँवर मगरलाई पक्राउ गरेको हो ।
यस्तै घोराही-१८ भंगीटोलका १७ वर्षिय युवक, घोराही-१९ घर भइ सैघा घर भई घोराही-१८ बस्ने १७ वर्षका युवक र घोराही-१८ मसिनाका १५ वर्षिय युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.