जनमुक्ति सेनाका कपिल नेपाल कम्युनिस्ट पार्टीमा प्रबेश

डेली न्युजराप्ती       ६ आश्विन २०७८ १०:४७ मा प्रकाशित     829 No Comments


न्यूजराप्ती,दाङ। चौरजहारी नगरपालिका रुकुम पश्चिम १३ निवासी रमेश रोका(कपिल)ले नेपाल कम्युनिस्ट पार्टी प्रबेश गरेका छन।

कपिलले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै माओवादी आन्दोलनका मुल्य,मान्यता र सम्पुर्ण उपलब्धिहरु प्रचण्ड बाबुरामहरुले बेचेर खाएको,क्रान्तिलाइ धोका दिएको र संसदीय व्यवस्था सैद्धान्तिक र व्यवहारिक दुबै हिसाबले असफल सिद्ध भइसकेको बताउदै अधुरो क्रान्ती पूरा गर्नको लागि एकीकृत जनक्रान्तिको कार्यदिशामा मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने उदेश्य सहित अघि बढेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रबेश गरेको जनाएका छन। बिज्ञप्तिमा सम्पुर्ण जनमुक्ति सेना, सच्चा क्रान्तिकारी,देशभक्त तथा प्रगतिशील शक्तिहरुलाइ सच्चा कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टीमा लामबद्ध हुन अपिल समेत गरिएको छ।
बिज्ञप्तिको पुर्णपाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार