कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक कपिलबस्तुको शिवगढीमा सुरु भएको छ । नेकपाको केन्द्रीय कार्यालय कपिलबस्तुको शिवगढीमा शनिवार अपराहन्न ४ बजेबाट स्थायी समितिको बैठक सुरु भएको हो ।
नेकपाको स्थायी समितिको बैठकले नेपालको पछिल्लो राजनीतिक संकटको अवस्था र निकासको मार्गबारेमा गम्भीर समिक्षा गर्ने छ ।
बैठकले नेकपाका महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड सी लगायतका नेतामाथि काठमाडौं जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जीको आदेश बारे गम्भीर छलफल गर्ने र अबको बाटो तय गर्ने बताईएको छ ।
बैठकमा नेकपाका महासचिव विप्लव सी,स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सी,स्थायी समितिका सदस्यहरु सन्तोस सी,अनिल सी,शिलु सी,भरत सी र शुशिल सीको उपस्थिति रहेको छ ।
बैठकले पार्टीको ६ महिने योजनाको समिक्षासंगै आगामी पार्टी योजनाको बारे ठोश निर्णय गर्नेछ ।
स्थायी समितिको बैठक यदि आजै सकिए भोलीबाट पोलिट व्यूरोको बैठक बस्ने नेकपाले जनाएको छ । नेकपाको पोलिट व्यूरो बैठक सकिए लगत्तै केन्द्रीय समितिको बैठक पनि बोलाईएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.