प्रदर्शनमा प्रहरीको गोलीबाट २ जना युवाको मृत्यु, जनआक्रोश तिब्र

डेली न्युजराप्ती       १३ पुष २०८० १६:३९ मा प्रकाशित     85 No Comments

काठमाडौँ । कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै भाषा सिकेका युवाहरूको समूहले बालकुमारी क्षेत्रमा सुक्रवार गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउदा २ जना युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दैलेख घर भएका २३ वर्षीय सुजन राउत र ठेगाना नखुलेका वीरेन्द्र शाह रहेका छन । राउतको गोलीसंगै प्रहरीको बुटको कुटाईबाट मृत्यु भएको आन्दोलनकारीले दाबी गरेका छन ।

उता अस्पतालले गरेको जाँचमा गोली लागेको नदेखिएको र छातीमा चोट देखिएको प्रहरीले बताएको छ ।यसअघि प्रहरीको गोली लागेर गम्भीर घाइते भएका युवा रावतलाई उपचारका लागि किस्ट अस्पतालमा लैजादै गर्दा मृत्यु भएको समाचार सार्वजनिक भएको थियो ।

यस्तै अर्का गम्भीर घाईते युवा शाहको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताईएको छ । विहान कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै ईपीएस कार्यालय अगाडि युवाहरुले प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीसमेत आगजनी गरेका थिए ।

प्रदर्शनले चर्को रुप लिएपछि प्रहरीले प्रदर्शन नियन्त्रण गर्न गोली चलाउनुका साथै अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीको दमनका कारण २ जना युवाले अकालमा ज्यान गुमाउनु परेको छ ।

प्रहरीले प्रदर्शनमा संलग्न भएको आरोपमा दर्जनौ युवालाई नियन्त्रणमा लिएको छ । अहिले वालकुमारी क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।सरकारले नेपालमै युवाहरुलाई रोजगारी दिन नसक्दा विदेश जाने होडवाजीमा युवाहरुले सरकारकै दमनबाट ज्यान गुमाउनु राज्य संचालक र दलाल संसदीय व्यवस्थाको थप असफलता प्रमाणीत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार