विप्लव आज धनगढीबाट गर्जिने , समाजवादका लागि हजारौं युवालाई अपिल गर्ने

डेली न्युजराप्ती       २४ चैत्र २०८० ०७:१९ मा प्रकाशित     220 No Comments

चैत्र २४ , दाङ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम (विप्लव) सी आज धनगढीको खुल्लामन्चबाट गर्जिने भएका छन् ।

पार्टीको सहायक संगठन युवा संगठन नेपालको पाँचौ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै समाजवादका लागि युवाहरूलाई अपिल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधनका लागि कैलाली पुगेका विप्लवलाई हिजो शुक्रबार लम्कीमा स्थानीय नेताकार्यकर्ताले भव्य स्वागत गरेको नेकपा पुर्वी कैलाली सचिव दिल बहादुर सीले जानकारी दिएका हुन् ।

ऐतिहासिक पाँचौ राष्ट्रिय सम्मेलन भव्य रुपमा सफल पारौं , नेपाली विशेषताको समाजवाद प्राप्तिको दिशामा अघि बढौँ भन्ने मुल नारा संगठनले लिएको छ ।

यता पार्टीका महासचिव विप्लवले अहिले चलिरहेको संसदीय व्यवस्थाबाट शान्ती , समृद्धि र स्वाधीनता प्राप्त नहुने र मुलुक झनपछी झन कंगाल हुँदै गएको निष्कर्ष सहित नेपाली विशेषताको समाजवादी राज्यव्यवस्था स्थापनाका लागि राजनीतिक छलफल र भेटघाटलाई तिब्र पारिरहेका छन् ।

यसैबिच नेकपा सहित ४ दल सम्मीलित समाजवादी मोर्चा नेपाल पनि गठन भएको छ भने अहिले मोर्चा संयोजक नै विप्लव छन् ।

राजनीतिक दौडधुप लगत्तै बेलाबेलामा खेतबारीमा श्रममा खटिएको देखिने विप्लवले विचार र व्यवहारमा गज्जबको फ्युजन गरेको देखिन्छ । त्यसैले उनिप्रति क्रान्तिकारी युवाहरुको क्रेज बढ्दो भएको बिश्लेषकहरु बताउने गर्दछन ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार