महिला उधमी हिमानी डिसी “चिया रानी”

डेली न्युजराप्ती       २२ आश्विन २०७८ ११:२० मा प्रकाशित     1137 No Comments


हेमन्त प्रकाश वली,दाङ। घोराहीकि एकजना महिला उधमी हिमानी डिसी “चिया रानी” को रुपमा परिचित हुँदै आएकी छिन। घोराही नेत्रलाल चोकदेखि दक्षिण तर्फ गणतन्त्र राष्ट्रिय दैनिक पत्रीकाको कार्यालय संग सटेको सटरमा किट्ली टि टाउन संचालन गरिरहेकी डिसीलाई अधिकांस ग्राहकवर्गले चिया रानी शब्दले सम्बोधन गर्ने गरेका छन।

२०७६ सालदेखी चिया व्यवसाय संचालन गरिरहेकी डिसीले समाजमा महिलाहरु पनि सक्षम छन,उनिहरु पनि पुरुष सरह जुनसुकै काम गर्न सक्छन भन्ने महिला उधमशिलताको गतिलो उदाहरण दिन व्यवसायको संचालन गरेको बताउछिन। सबैसंग सल्लाह सुझाव लिएर चियाको अवधारणा अघि सारेको डिसीको भनाइ छ। चियाको माहोल नै फरक हुन्छ,साथिभाइ भेट्ने अवसर पनि चिया हो,साथित्व, मित्रताको भाव दर्साउने र एकअर्का भेट्ने राम्रो बहाना पनि चिया हो,हिमानी भन्छिन

किट्लिमा पाइने चियाको एक परिकार

हिमानीका अनुसार संसारमा चियाको आदत नभएका कमै मानिस हुन्छ्न अझ नेपालमा चियाका पारखीहरुको संख्या धेरै रहेको छ। उनले भनिन,” चिया बेचेर पैसा कमाउने मात्रै उदेश्य होइन,महिलाहरुलाइ सबल,सक्षम र आत्मनिर्भर बन्न प्रेरणा दिने उदेश्यले व्यवसाय थालनी गरेकि हु”। उनले २५ रुपैया देखि १५० रुपैया सम्म पर्ने चियाका करिव ५० परिकार बनाउने गर्छिन। ग्राहकको इच्छा बमोजिम चिया बनाउने गरेको डिसी बताउछिन। किट्लिमा मट्का चिया,केशर चिया,अमला चिया,आरु चिया,स्याउ चिया,दार्जीलिङ चिया,जस्मिन चिया,हट टी,आइस टी लगाएतका ५० भन्दा बढी परिकारका चिया पाइन्छ। किट्लिमा दैनिक १०० देखि १५० कप सम्म चिया बिक्री हुने गर्दछ। १० लाख नगद लगानीबाट सुरु गरेको चिया व्यवसायमा एक जना सहयोगी कामदार रहेकी छिन। मासिक १ लाख देखि १ लाख ५० हजार सम्म आम्दानी हुने डिसीले बताइन। व्यवसाय संचालन गर्दा घरधनी संग ५ वर्षको सम्झौता गरेकी डिसीले २०हजार मासिक घर भाडा तिर्ने गरेकी छिन। श्रीमान,घरपरिवारको राम्रो सहयोग र ग्राहकवर्गको उत्साहजनक हौसला र उत्कृष्ट प्रतिक्रिया पाइरहेको हिमानीको भनाइ छ। उनको चिया घरमा सरकारी कर्मचारी,बिद्यार्थी,व्यवसायी,विभिन्न संघ-संस्थामा कार्यरत कर्मचारी र विभिन्न पार्टीमा आवद्ध नेताहरुको बिशेष जमघट हुने गर्दछ।

चिया पिउदै ग्राहकहरु

उनको चिया घर सानदार सजावट र मानिसहरुलाइ चियाप्रती चासो दिन प्रेरित गर्ने भनाइका कारणले चिया पिउने मानिसहरुको केन्द्रबिन्दु बन्न पुगेको छ। अधिकांस ग्राहकले मट्का चियाको स्वाद मन पराउने गरेको हिमानीको भनाइ छ। मट्का चिया माटोको भाडोमा पकाएर माटोको कपलाई तताएर त्यहि कपमा उमालेर बनाइन्छ। एकपटक प्रयोग भएको मट्का अर्कोपटक प्रयोग नहुने हुदा मानिसहरु आफुले चिया खाएको मट्कामा आफ्नो नाम लेखेर सजाउने गरेको डिसीले बताइन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार