केबी गुरुङ, रोल्पा । सामना साँस्कृतिक परिवार लुम्बिनी प्रदेशले समाजवादका लागि सामना जनसंगीत अभियान सुरु गरेको छ ! सामनाले रोल्पाको जुँगार नेर्पा बजारमा साँस्कृतिक कार्यक्रम गरेर अभियान सुरु गरेको जनाएको छ ।
नेर्पा बजारमा सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथि तथा नेकपा पोलिटब्युरो सदस्य आदर्श सीले सम्बोधन गरेका थिए भने रोल्पा जिल्ला सेक्रेटरी सन्दिप सीले पनि मन्तब्य राखेका थिए ।
साँस्कृतिक कार्यक्रमलाई सामना परिवारका कमान्डर देवराज सीले सहजीकरण गरेको साँस्कृतिक कार्यक्रममा सामना परिवारले आफ्नो प्रस्तुति प्रदर्शन गरेको थियो । जनबादी कलाकारहरुको प्रस्तुति दर्शकहरुद्वारा निकै रुचाएर पुरस्कार समेत दिएका थिए ।
रोल्पाको जुँगारबाट सामना परिवारले रोल्पाका बिभिन्न बस्तीहरुमा असार १५ सम्म साँस्कृतिक कार्यक्रम गर्ने जनाएको छ ।
यहि २७ गते माडी गाउँपालिकाको घर्तीगाउँमा र २९ गते परिवर्तन गाउँपालिकाको बागमारामा सामनाले आफ्नो सांस्कृतिक कार्यक्रम देखाउने भएको छ । सामाना साँस्कृतिक परिवार लुम्बिनीलाई देवराज सीले कमाण्ड गरिरहेका छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.