घोराही-१२ का ९ जना युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश, गाउँमा हुने व्यथिती पार्टीले रोक्नुपर्ने माग

डेली न्युजराप्ती       १२ असार २०८१ २२:२७ मा प्रकाशित     207 No Comments

असार ११ , दाङ ।
दाङको घोराही उपमहानगरपालिका वडा नं.१२ का ९ जना युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।
गाउँमा भइरहेका व्यथिती विसंगतिका विरुद्ध लड्ने कोहि नभेटेपछि विप्लव नेतृत्वको नेकपाबाट आशा भएकाले पार्टी प्रवेश गरेको ती युवाहरुले बताएका छन् ।

मंगलबार पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.२ का इन्चार्ज पाटन सीले घोराही -१२ का बालाराम बस्नेत सहित ९ जना स्वतन्त्र युवाहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेशको क्रममा युवाहरुले गाउँमा व्यथिती र विसंगतीले सिमा नाघेको भन्दै त्यसलाई रोक्न कसैले नसकेको बताएका थिए ।

उनिहरुले आफुहरु अब विप्लव बाहेक नेपालको राजनितिक प्रदुषणलाई अरु कसैले सफा गर्न नसक्ने निष्कर्ष सहित नेकपा प्रवेश गरेको बताएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.२ इन्चार्ज पाटन सीले दलाल संसदीय व्यवस्थाबाट देशको मुक्ति नहुने बताएका थिए ।

उनले भने – ‘ संसदीय व्यवस्थाका कारण देश अत्यन्त जटिल मोडमा उभिएको छ । देश नै रहन्छ कि रहदैन भन्ने स्थिती नेपालमा छ । दलाल संसदीय व्यवस्थाबाट मुलुक र जनताको भाग्य , भविष्यको फैसला कदापी हुँदैन । त्यसैले हामीले यो व्यवस्थाको विकल्पमा नेपाली बिशेषताको समाजवादी व्यवस्थाको अवधारणा अगाडि सारेका छौँ । हामी आफ्नै खुट्टामा उभिएर यो देशलाइ समृद्ध बनाउने सोचेका छौँ ।’

नेता पाटनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम घोराहीका इन्चार्ज विकाश सी , पार्टीका घोराही उपमहानगर कमिटीका सेक्रेटरी महान सी , पार्टीका जिल्ला सदस्य किसन सी , पार्टीका जिल्ला सल्लाहकार नवराज सी लगाएतको आतिथ्यता रहेको थियो ।

पार्टी प्रवेश कार्यक्रमको सहजीकरण युवा संगठन नेपाल दाङका इन्चार्ज पदम सीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार