श्रावण ८ , दाङ । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल केन्द्रीय समितीले दाङमा १ बिघा जमिनमा धान रोपाइँ सुरु गरेको छ ।
संगठनले जिल्लाको तुलसीपुर उपमहानगरपालिका -२ स्थित मचौटमा करिव १ बिघा जमिनमा धान रोपाइँ सुरु गरिएको संगठनका केन्द्रीय कोषाध्यक्ष एवम उत्पादन बिभाग प्रमुख जिवनी सीले जानकारी दिनुभएको हो ।
धान रोपाइँका बारेमा प्रतिक्रिया दिँदै युवा संगठन नेपालका केन्द्रीय उपाध्यक्ष विश्लेषण सीले उत्पादनबिना देश समृद्ध नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘ अहिले देश पुरै परनिर्भर भएको छ । यहाँ केहिपनी उत्पादन नै भएको छैन् त्यसैले हाम्रो पार्टी संगठनको अहिले एउटा नीति छ , त्यो हो आत्मनिर्भर पार्टी , आत्मनिर्भर नेताकार्यकर्ता र आत्मनिर्भर देशको नीति छ । उत्पादनबिना देश समृद्ध हुँदैन ।’
नेता बिष्लेषणले अहिलेको दलाल पुजीवादी संसदीय व्यवस्थाका कारण मुलुक सबै ढंगले चौपट हुने दिशामा पुगेको समेत बताउनुभएको हो ।
मुलुक जताततै संकटपुर्ण अवस्थामा छ ,उहाँले थप भन्नुभयो , ‘ अहिलेको दलाल पुजीवादका कारण मुलुक चौपट भएको छ । यो सत्ताले लाखौंलाख युवाहरूलाई बिदेशिन बाध्य पारेर यहाँको श्रमशिल जनशक्तिलाई पलाएन गरिरहेको छ । यो मात्रै होइन दलाल पुजीवादका कारण नेपालको अर्थतन्त्र चौपट हुन पुगेको छ । हामिले यसको विकल्पमा नेपालमा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाली बिशेषताको समाजवादी राज्यव्यवस्थाको अवधारणा अघि सारेका छौँ ।’
यस्तै धान रोपाइँमा सहभागी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले सिमित दलाली र कमिसनमा टिकेको यो व्यवस्था पुर्णरुपमा असफलसिद्ध भइसकेको बताउनुभयो ।
नेता सविनले नेपाली जनताको भाग्य र भबिस्यको फैसला समाजवादबाट मात्रै हुने भएकाले समाजवाद निर्माणका लागि नेपाली जनता एकतावद्ध हुने बेला आएको समेत बताउनुभएको हो ।
धान रोपाइँमा पार्टीका केन्द्रीय सदस्य एवम ३ नं.निर्वाचन क्षेत्र इन्चार्ज प्रदिप सी , पार्टीका केन्द्रीय सदस्य सम्झ्ना सी , पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.२ इन्चार्ज पाटन जंगली सी ,पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम दाङ जिल्ला सचिव तिलक सी , युवा संगठन नेपालका केन्द्रीय समिती , जिल्ला समिती एवम पार्टी निकट अधिकांश जवस/मोर्चाका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.