भदौ ४,दाङ ।
नेपाल कम्युनिस्ट पार्टी दाङले पार्टीका इमानदार कार्यकर्ता गुमाएर क्षती बेहोरेको जनाएको छ ।
मंगलबार पार्टीका जिल्ला सचिव तिलक सीले श्रद्धाञ्जली वक्तव्य जारी गर्दै पार्टीका जिल्ला सचिवालय सदस्य भिम बहादुर सी (किसन)को दुखद निधनले पार्टीलाई क्षती भएको उल्लेख गरेको छ ।
श्रद्धाञ्जली वक्तव्यमा भनिएको छ – ‘उहाँको मृत्युुले एक इमानदार कार्यकर्ता गुमाएर क्षती बेहोरेको छ । दुखको यस घडिमा दिवंगत भिम बहादुर सी (क. किसन)प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । शोकसन्तप्त परिवारजन र पार्टी पंक्तिमा गहिरो समवेदना प्रकट गर्दछौं ।’
दाङ घोराही उपमहानगरपालिका १२ हापुर निवासी नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला समितिका सचिवालय सदस्य भीम बहादुर सी कमरेड किसनको ५९ वर्षको उमेरमा भदौ ३ गते असामयिक दु:खद निधन भएको हो ।
यस्तै नेकपा दाङले आज दिवंगत भिम बहादुर सी (किसन)को स्मृतिमा पार्टीले अवलम्बन गरेको सी संस्कृति अनुसार दोस्रो दिन त्रीरोपण (फलफुल , फुल र जडिबुटी) रोपण गरेको छ ।
नेकपाका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सी , नेकपाका केन्द्रीय सदस्य एवम २ नं.निर्वाचन क्षेत्र इन्चार्ज प्रदिप सी , नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य एवम दाङका सचिव तिलक सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य द्वय विकाश सी , हरी सी सहित मृतकका परिवार एवम आफन्तजनको सहभागितामा बिरुवा रोपन गरिएको हो ।
नेकपाको नयाँ सी संस्कृति अनुसार मृत्यु संस्कारलाई ५ दिनसम्म मनाउने प्रावधान रहेको छ । जसअनुसर पहिलो दिन मृतकको अन्त्येष्टि गरि श्रद्धाञ्जली कार्यक्रम गर्ने , दोस्रो दिन मृतकको स्मृतिमा फलफुल , फुल र जडिबुटी गरि तीन प्रकारका बोटबिरुवाहरु रोपन गर्ने , तेस्रो दिन मृतकको स्मृतिमा समाजका गरिब , असहाय , अशक्तहरुलाई लत्ताकपडा सहयोग गर्ने , चौथो दिन मृतकको नाममा अक्षयकोष खडा गर्ने र अन्तिममा पाँचौ दिन मृतकको स्मृतिमा शोक सभा गर्ने गरिएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.