विद्यार्थीसंग एक रुपैयाँ शुल्क लिदैँनौ,सर्टिफिकेटको राजश्व स्कुलले तिरिदिन्छ:प्रअ पौडेल

डेली न्युजराप्ती       ६ आश्विन २०८१ १५:३५ मा प्रकाशित     72 No Comments

हेमन्तप्रकाश वली ।

असोज ६ , दाङ ।
सहिद स्मृती आवासीय माबी मानपुरका प्रअ नारायण पौडेलले बिद्यार्थीसंग एक रुपैयाँपनि शुल्क नलिने गरिएको बताएका छन् ।
आइतबार डेलीन्युजराप्तीसंग कुराकानीका क्रममा प्रअ पौडेल उक्त कुरा बताएका हुन् ।

कुराकानीका क्रममा प्रअ पौडेलले भने– ‘हामिले २०६६ सालदेखि बिद्यार्थीको नाममा कुनैपनी रसिद काटेका छैनौं । शैक्षिक प्रमाणपत्र , परीक्षा शुल्क , ल्याब शुल्क , यातायात शुल्क , खाजा शुल्क , मासिक शुल्क वा अन्य कुनैपनी शुल्क लगेका छैनौं । हामिले सर्टिफिकेट बापतको राजश्व समेत तिरिदिएका छौँ । बिद्यार्थीले ५० रुपैयाँ बराबरको खाजा प्रत्येक दिन निशुल्क पाएका छन्।’

‘सर्टिफिकेटको शुल्क १० हजार तिरेको सुन्दा खल्लो लागेको छ । निम्न वर्गीय , गरिबका छोराछोरी पढ्ने सामुदायिक बिधालयले समेत १० हजार शुल्क लिनु गलत कुरा हो । बिद्यार्थी र अभिभावकलाई दोहन गर्ने काम भएको छ ,’ उनले भने।

प्रअ पौडेलले सरकारले शिक्षकको तलब ,भत्ता , खाजा खर्च समेत दिने भएकाले बिधालयका व्यवस्थापनका नाममा , जग्गा खरिदका नाममा वा भवन निर्माणका नाममा सामुदायिक बिधालयले चर्को शुल्क असुल्नु दुखद कुरा भएको बताए ।

सरकारको अनुदान रकमबाट सञ्चालित सहिद स्मृती आवासीय माध्यामिक बिधालय २०६६ सालमा स्थापना भएको हो ।

यता तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महाशाखाले कक्षा १-५ सम्मको पाँच सय , ६-८ कक्षा सम्मको १ हजार , ९-१२ कक्षा सम्मको तीन हजार रुपैयाँ सर्टिफिकेट शुल्क निर्धारण गरेको छ ।

पालिकाले तोकेको शुल्क भन्दा बढी शुल्क लिइएको पाइएमा कारवाही गरिने समेत महाशाखाले जनाएको छ।

यस्तै केहि दिनअघि तुलसीपुरको पशुपति माबी हरिपौरीले सर्टिफिकेट बापत १० हजार सम्म बिद्यार्थीसंग शुल्क असुल गरेको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार