विप्लवलाई भेट्न प्रचण्ड निवासमै पुगे,पार्टी एकताबारे छलफल

डेली न्युजराप्ती       १० भाद्र २०८२ १३:०३ मा प्रकाशित     165 No Comments

९ भाद्र, काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीलाई भेट्न विप्लव निवास हरिसिद्धि पुग्नु भएको छ ।
सोमबार बिहान १० बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपाका महासचिव विप्लव सीलाई भेटन विप्लव निवास हरिसिद्धिकी पुग्नु भएको हो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव विप्लवबिच करिब १ घण्टा वामपन्थी शक्तिहरु विचको एकीकरण, माओवादी केन्द्र र नेकपा बिचको पार्टी एकता लगायतका समसामयिक विषयमा गम्भीर छलफल भएको श्रोतले बताएको छ ।
नेकपा र माओवादी केन्द्रबिच पार्टी एकताका विषयमा लामो समयदेखि कुरा हुने गरेपनि ठोस निर्णय भने हुन सकेको छैन ।
नेकपाले माओवादी केन्द्रसंग करिव १ बर्ष अघि नै पार्टी एकताका लागि केन्द्रीय समितिबाटै निर्णय गरेको थियो ।
तर माओवादी केन्द्रले आधिकारीक निर्णय नगरेपछि नेकपाले भने एकताको च्याप्टर तत्कालका लागि स्थगित गरेको जनाएको थियो ।
माओवादी केन्द्रको हालै बसेको स्थायी समिति बैठकले नेकपासंग पार्टी एकता गर्ने निर्णय गरेको सार्वजनिक भएको थियो ।
यसले दुई पार्टी बिच पुनः एकता हुनसक्छ की भन्ने वहस चलिरहेका बेला दुवै पार्टीका शिर्ष नेतृत्वहरुबिच भएको भेटवार्ता निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
भेटवार्तामा नेपालमा दलाल पुँजीवादका विरुद्ध लड्न र नेपाललाई समाजवादतिर देशलाई लिन वामपन्थीहरु र माओवादी धारहरुबिचको एकता अनिवार्य भएकोवारे छलफल भएको छ ।
नेकपाका महासचिव विप्लव सीले सबै माओवादीहरुको रुपान्तरण सहितको एकता आजको आवश्यकता भएको बताएको श्रोतले जनाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा महासचिव विप्लव सीबिच भएको छलफलमा नेकपा र माओवादी केन्द्र बिचको एकता निश्कर्षमा पुर्याउने पनि समझदारी भएको छ ।
महासचिव विप्लवले आफ्नो पार्टीको तत्काल वस्ने केन्द्रीय समिति बैठकवाट एकताकावारे ठोस निर्णय लिने बचन दिनु भएको छ ।
दुबै पार्टी बिचको एकता निश्कर्षमा पुर्याउन आवश्यक गृहकार्य तयार गर्नका लागि दुवै पार्टीविच कार्यदल बनाउने विषयमा समेत छलफल भएको बुझिएको छ ।
दुबै शिर्ष नेतृत्वहरुविचको यो भेटवार्ताले माओवादी शक्तिहरुविच आसा जगाएको छ भने एकतालाई थप बल पनि पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार