तुलसीपुर खानेपानी निर्वाचन: राष्ट्रिय जनमोर्चाको समर्थन ९ दलिय गठबन्धनलाई

डेली न्युजराप्ती       १६ पुष २०७८ १८:४० मा प्रकाशित     360 No Comments


तुलसीपुर । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आगामी नेतृत्वका लागि यमकान्त भण्डारीको प्यानललाई बिजयी बनाउन राष्ट्रिय जनमोर्चा तुलसीपुर नगर समितिले मतदातालाई अनुरोध गरेको छ । संस्थाको आगामी नेतृत्वका लागि भोलि पौष १७ गते हुन लागेको निर्वाचनमा जनमोर्चाले भण्डारीको प्यानललाई समर्थन गरेको हो ।

राष्ट्रिय जनमोर्चा तुलसीपुर नगरसमिति अध्यक्ष श्यामलाल पोख्रेल र सचिब दुर्गा प्रसाद भण्डारीले शुक्रबार (आज) संयुक्त रुपमा विज्ञप्ती जारी गरी संस्थाको पुस १७ गते अर्थात शनिबार (भोलि) हुने निर्वाचनमा ९ राजनैतिक दलका साझा उमेदवारलाई बिजयी बनाउन सम्पुणर् मतदातालाई अनुरोध गर्नुभएको छ ।

विज्ञप्तीमाफर्त अध्यक्ष पदका उमेदवार दिएका यमकान्त भण्डारी, उपाध्यक्ष पदका सिताराम शर्मा, सचिब पदका उमेदवार सेवकराम भण्डारी, कोषाध्यक्ष पदका उमेदवार भद्र बहादुर वली, खुल्ला सदस्य पदका उमेदवार पदम बहादुर खड्का र लक्ष्मण केसीलाई बिजयी बनाउन उपभोक्ताहरुलाई अपिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार