काठमाण्डौ,१५ माघ । कोभिड १९ रोकथामका लागि काठमाण्डौ उपत्यकामा चल्ने सार्वजनिक गाडीमा लागू भएको जोर–बिजोर प्राणली हटेको छ ।शुक्रवार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी सार्वजनिक गाडीमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । निजी र ट्याक्सीबाहेकका साधनमा भने जोरबिजोर प्रणाली हटाइएको छैन ।
यसअघि नै कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सार्वजनिक गाडीमा जोर–बिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको थियो । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको निर्णय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको हुदा सोहि अनुसार यो निर्णय भएको हो ।
यस्तै सीसीएमसीसीले शैक्षिक संस्थाहरू माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । शुक्रवार बसेको सीसीएमसीसीको बैठकले माघ मसान्तसम्म वैकल्पिक शिक्षण सिकाइका शैलीबाट पठनपाठन जारी राख्नसमेत शिक्षा मन्त्रालयलाई सिफारिस गरेको प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो ।यस्तै विश्वविद्यालयका परीक्षालाई स्वास्थ्य मापदण्ड पालना गर्दै सञ्चालन गर्न अनुमति दिन बैठकले सिफारिस गरेको छ । साथै खोप केन्द्रहरूलाई व्यवस्थित गर्न सरकारलाई आग्रह गर्ने निर्णय पनि भएको प्रवक्ता नेपालको भनाइ छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.