नेकपा दाङद्वारा भोलि जिल्लामा १ घण्टा चक्काजामको घोषणा,मुल्यबृद्दी फिर्ताको माग

डेली न्युजराप्ती       २२ माघ २०७८ १३:०९ मा प्रकाशित     447 No Comments


न्यूजराप्ती,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जवस/मोर्चाले भोलि आइतबार दाङमा१ घण्टा चक्काजाम गर्ने भएका छन।
पेट्रोलियम पदार्थको मुल्यबृद्दी विरुद्ध चरणबद्ध संघर्षका कार्यक्रम अन्तर्गत भोलि बिहान १० बजेदेखी ११ बजेसम्म जिल्लाका विभिन्न मुख्य शहर केन्द्रित चोकहरुमा चक्काजाम गर्ने मोर्चाहरुले जनाएका छन।
यसअघि नेकपा निकटका जनबर्गिय संगठन र मोर्चाहरुले पेट्रोलियम पदार्थको मुल्यबृद्दी विरुद्ध देशव्यापी कोणसभा र नेपाल आयल निगमका कार्यालय र डिपोहरु घेराउ कार्यक्रम सम्पन्न गरिसकेका छन।
यस्तै नेकपा निकट जवस/मोर्चाले पेट्रोलियम पदार्थको मुल्यबृद्दी विरुद्ध माघ २४ गते देशव्यापी अन्तर्क्रीया र २६ गते देशव्यापी बिरोध प्रदर्शन गर्ने जनाएका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार