विप्लव नेकपा सहित ३ कम्युनिस्ट पार्टी र २ मोर्चाद्वारा दाङमा एमसिसी विरुद्ध मसाल जुलुस

डेली न्युजराप्ती       ११ फाल्गुन २०७८ २०:४७ मा प्रकाशित     507 No Comments


हेमन्त प्रकाश वली,। फागुन ११, तुलसीपुर। राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध दाङमा भव्य मसाल जुलुस प्रदर्शन गरिएको छ।
दाङका विभिन्न १० पालिका अन्तर्गतका मुख्य शहरहरु घोराही,तुलसीपुर,लमही,भालुबाङ,हापुरे,गढवा,राजपुरमा मसाल जुलुस सहित प्रदर्शन गरिएको हो। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित दाङमा कृयासिल कम्युनिस्ट पार्टीहरु नेकपा(मशाल),नेकपा(क्रान्तिकारी माओवादी), नेकपा(माले) र दुई मोर्चाहरु राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रीक मोर्चाको संयुक्त आयोजनामा मसाल जुलुस प्रदर्शन गरिएको हो।
दाङको तुलसीपुर उपमहानगरपालिकामा आयोजित मसाल जुलुस प्रदर्शन पछिको कोणसभालाइ सम्बोधन गर्दै नेकपा(मशाल) दाङका प्रवक्ता भरत भण्डारीले राष्ट्रघाती एमसिसी सम्झौता हिन्द प्रशान्त रणनीतिको अभिन्न अंग भएकाले कुनैपनी हालतमा सदनबाट एमसिसी पास हुन नदिने बताउनुभएको थियो। उहाले एमसिसीका विरुद्ध आम नेपाली जनताहरु विरुद्धमा हुदापनी जबर्जस्त एमसिसी लाद्न खोजे बिद्रोह हुने चेतावनी समेत दिनुभएको हो। नेता भण्डारीले अमेरिकि साम्राज्यवादले बहादुर गोर्खालीका सन्तानहरु झुक्लान भन्ने सोच्नु ठूलो मुर्खता हुने चेतावनी समेत दिनुभएको थियो।

यस्तै कोणसभालाई सम्बोधन गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रिय सदस्य संजय वलीले एमसिसीमा हस्ताक्षर गर्ने सांसदहरुका हात काटिने गम्भीर चेतावनी दिनुभएको थियो। उहाले भन्नुभयो,” राष्ट्रघाती एमसिसि पास गर्ने दुस्साहस गर्नुभयो भने हात काट्छौ, हातमात्रै होइन आइपरेको अवस्था टाउको समेत काट्न बाध्य हुनेछौं।” नेता संजयले पटकपटक राष्ट्रघाती सन्धी सम्झौता गरेर नेपाली कांग्रेसले कालो इतिहास बनाएको भन्दै फेरिपनि एमसिसी सम्झौता जबर्जस्त नेपाली जनताको टाउको थोपर्ने खोजे मुक्ती युद्ध लड्ने समेत बताउनुभएको हो। उहाले नेपाली भुमी प्रयोग गरेर चिनलाइ आक्रमण गर्ने, नेपालमा रहेका बहुमुल्य प्राकृतिक स्रोत,साधन,खनिज पदार्थहरु दोहन गर्ने र दक्षिण एसियामा बढ्दो कम्युनिस्ट प्रभावलाइ रोक्ने अमेरिकी डिजाइन कुनैपनी हालतमा नेपाली जनताले सफल हुन नदिने उद्घोष गर्नुभएको थियो।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रीक मोर्चा दाङका अध्यक्ष इश्वरी प्रसाद गैरेले दलाल संसदवादीहरुले एमसिसि पास गर्न अनेक हर्कत गरेको बताउनुभएको हो। उहाले अमेरिकी साम्राज्यवादका बफादार नेपाली दलालहरुलाइ सदाको लागि नेपाली मैदानबाट बिदा गर्नुपर्ने धारणा समेत राख्नुभएको थियो।
कोणसभाको संचालन नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सदस्य राजकुमार क्षत्रीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार