घोराहीमा सिमेन्ट उद्योगले दियो पिडितलाई क्षतिपुर्ति

डेली न्युजराप्ती       २ चैत्र २०७८ २०:०३ मा प्रकाशित     275 No Comments


तुलसीपुर, २ चैत । घोराही सिमेन्ट उद्योगले तुलसीपुरका पिडितलाई क्षतिपुर्ति उपलब्ध गराएको छ । उद्योगले उत्पादन गरेको सगरमाथा सिमेन्ट पिडितहरुलाई क्षतिपुर्ति उपलब्ध गराएको छ । उद्योगले तुलसीपुर ११ उरहरी बस्ने बिजुली चौधरीलाई ५ लाख ५७ हजार रुपैया क्षतिपुर्ति उपलब्ध गराएको छ ।उद्योगको लापरवाही तथा गुणस्तरहिन सिमेन्टका कारण पिडित चौधरीले दुई पटक घर ढलान भत्काउनु परेको थियो । उद्योगले गत फागुन २५ गते क्षतिपुर्ति वापत नगद उपलब्ध गराएको पिडित चौधरीका छोरा प्रकाश चौधरीले जानकारी दिनुभयो ।यस्तैगरी तुलसीपुर १३ बखरिया बस्ने तिलकराम रेग्मीलाई ४ लाख ७५ हजार ३१५ रुपैया क्षतिपुर्ति उपलब्ध गराएको तुलसीपुर ११ जैसी हार्डवयरका प्रोप्राईटर नन्दलाल जैसीले जानकारी दिनुभयो ।

शुक्रेश्वरी ईन्टरप्राईजेजका बजार प्रतिनिधि नेत्रमणि केसी, दामोदर भण्डारी लगाएतको उपस्थितिमा पिडितहरुलाई क्षतिपुर्ति उपलब्ध गराईएको जैसीले जानकारी दिनुभयो । उहाका अनुसार सगरमाथा सिमेन्ट पिडित अन्यलाई पनि क्षतिपुर्ति उपलब्ध गराईएको छ ।पिडितहरुले जैसी हार्डवयरबाट सगरमाथा सिमेन्ट लगेर घर बनाउन प्रयोग गरेका थिए । तर घर ढलान गर्दा सगरमाथा सिमेन्ट सेट नभएपछि उरहरीका चौधरीले दुई पटक घर ढलान भत्काउनु परेको थियो । यस्तैगरी रेग्मीले पनि घर ढलान भत्काउनु परेको थियो । पिडित चौधरीले गत मंसीर दोस्रो साता देखी सुरु गर्नुभएको चार कोठाको पक्की घरको पहिलो पुस २५ गते गर्नुभएको थियो ।
ढलान गर्दा प्रयोग गरिएको सगरमाथा सिमेन्ट तिन हप्ता सम्म पनि सेट नभएपछि उद्योगले क्षतिपुर्ति दिएको थियो ।

त्यसपछि फेरी सोहि सिमेन्ट प्रयोग गरी दोस्रो पटक फागुन ३ गते घर ढलान गर्दा पनि उस्तै समस्या आएको थियो । त्यसपछि उद्योगले फेरी दोस्रो पटक पनि पिडित चौधरीलाई क्षतिपुर्ति दिएको छ । पिडित चौधरीले दोस्रो पटक पनि घर ढलान भत्काउनु भएको छ ।उहाले अब सोनापुर सिमेन्ट प्रयोग गरी फेरी घर बनाउने तयारी गरेको बताउनुभयो । उहाले सगरमाथा सिमेन्टकै कारण दुई-दुई पटक घर भत्काउनु पर्दा उद्योगले दिएको क्षतिपुर्ति थोरै भएपनि चित्त बुझाउनु परेको बताउनुभयो । समय र खर्च दुबै नोक्सान हुदा क्षतिपुर्ति भन्दा बढि आफनो क्षति भएको पिडित चौधरीले बताउनुभयो । तर पनि उद्योग दिएको क्षतिपुर्ति स्वीकार गरेको उहाको भनाई छ ।सगरमाथा सिमेन्टले आफुलाई धेरै धोका दिएको बताउदै अबदेखी उक्त सिमेन्ट कहिल्यै प्रयोग नगर्ने उहाले बताउनुभयो । यता जैसी हार्डवयरका संचालक जैसीले पनि हाललाई सगरमाथा सिमेन्टको कारोबार बन्द गरेको बताउनुभयो । हाल उक्त सिमेन्ट विक्रि वितरण रोकेको बताउदै उहाले केहि समय पछि यस बारे योजना बनाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार