मिसन पत्रकारिता: चुनौती र समस्या

डेली न्युजराप्ती       २० चैत्र २०७८ ०९:४२ मा प्रकाशित     359 No Comments

वसन्त श्रेष्ठ ‘प्रज्वलन’

सञ्चार क्षेत्र विशेषगरी पत्रकारिताका क्षेत्रमा मिसन पत्रकारिता एउटा विशिष्ट विधा हो । विश्वभरि र नेपालका सन्दर्भमा मिसन पत्रकारिता आफैमा परिचित र स्थापित छ। सरल भाषामा उद्देश्यमूलक रूपमा विषयको गहिराइमा सत्यतथ्यको खोज गरी जनसमक्ष प्रकाशित गर्नु मिसन पत्रकारिता हो राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिकलगायत अनेको क्षेत्र यस विधाको क्षेत्र रहे पनि बहुसङ्ख्यक मानव समुदायको हित र प्रगतिका पक्षमा पत्रकारिता यसको सर्वाधिक भिन्न पहिचान हो।

आफ्नो विशेषता र योगदानका दृष्टिले विश्वका विभिन्न क्षेत्रहरूका साथसाथै विशेषतः सामाजिक रूपान्तरण र राजनीतिक परिवर्तनहरूका क्षेत्रमा गरेको भूमिकालाई महत्वपूर्ण योगदानका रूपमा मिसन पत्रकारितालाई स्मरण र सम्मान, गरिन्छ । यस अर्थमा मिसन पत्रकारिता राजनीतिक परिवर्तन र सामाजिक रूपान्तरणको संवाहक हो। यो अग्रगामी परिवर्तनको अग्रदूत हो ।

नेपालको सम्पूर्ण सामाजिक, राजनीतिक जागरण र परिवर्तनहरूमा मिसन पत्रकारिताको भूमिका अविस्मरणीय रूपमा इतिहासमा अकित भइसकेको छ अहिले ‘स्वतन्त्र’ को आवरणमा व्यावसायिक सञ्चार

माध्यम सर्वत्र हाबीर प्रभावकारी बनेका छन् स्वतन्त्र भनिने प्रायः प्रमुख सञ्चार संस्था वा सञ्चार माध्यमहरू टेलिभिजन, पत्रपत्रिका, रेडियो, अनलाइन आदि वास्तवमा व्यावसायिक पत्रकारिता हुन् । व्यवसाय भन्नासाथ नाफाको उद्देश्य राखिएको हुन्छ। त्यसैले व्यावसायिक पत्रकारिताको मूल उद्देश्य समाचार वा पत्रकारिताको माध्यमबाट नाफा कमाउनु हो जसलाई ‘मिडिया उद्योग का रूपमा स्थापित गरिदैछ मिसन पत्रकारिताको विरोध गर्दै आफूलाई स्वतन्त्र दाबी गर्ने व्यावसायिक मिडियाहरू कति स्वन्तन्त्र छन् र के वास्तवमै उनीहरूको क्लै मिसन छैन त ? भन्ने सवालमा पनि विषय र व्यवहारका आधारमा जाँच्नु र अध्ययनको पाटो बन्नु पर्दछ।

कुनै बेला निकै महत्वपूर्ण र सम्मानित मानिएको खोज पत्रकारिता अहिले कताकता हराएको, हेपिएको, साँघुरिएको र मुर्भाएको भान हुन्छ । यद्यपि वर्तमानमा यसको सान्दर्भिकता र महत्व भने भने बढेको देखिन्छ । विगतदेखि हालसम्मका उपलब्धि समस्या, चुनौती र सम्भावनाहरूको समग्र समीक्षासहित खोज पत्रकारितालाई वर्तमानको आवश्यकता, जिम्मेवारीबोध र विकसित प्रविधिको संयोजन गर्दै नयाँ भाष्यसहित नयाँ उचाइमा विकास गर्नु आजको आवश्यकता हो । यसका लागि सञ्चार र पत्रकारिताकै क्षेत्रका विज्ञ, अनुभवी अग्रज पत्रकार, अध्येता सचेत पाठकबीच ज्ञान, अनुभव र अनुभूतिका साथसाथै आगामी दिशाबारेमा साझा बहस, अन्तरक्रिया, विश्लेषण र संश्लेषण जरूरी छ । त्यति मात्र नभई यस विषयमा राज्य र राजनीतिक शक्ति तथा नेतृत्व पक्तिसमेतबाट गम्भीर पहल, चिन्तन-मनन र दिशानिर्देश

आवश्यक छ। यहाँ मिसन पत्रकारिताको सूक्ष्म र सैद्धान्तिक विश्लेषण नभई सामान्य व्यावहारिक समस्याहरूयारे छलफल गर्ने प्रयास गरिन्छ ।

१. सैद्धान्तिक स्पष्टता र मार्गचित्रको अभाव:
मिसन पत्रकारिताको क्षेत्र र विषयवस्तु निकै व्यापक रहेको छ। यसले समाजका अत्यधिक विषयमा खोज, विस्तृत अध्ययन, विश्लेषणसहित निष्कर्ष प्रस्तुत गर्ने गर्दछ । विश्वका कुनै पनि भूगोल, राष्ट्र, व्यवस्था, अर्थतन्त्र, संस्कृति, निश्चित घटना, विषय, व्यक्ति, समाज, समुदाय, विकास, अपराध वा भ्रष्टाचार आदि कुनै पनि विषयमा सकारात्मक र कमजोरी, त्यसका कारण र परिणाम अनि प्रभाव आदिका बारेमा विभिन्न पाटा-पक्षहरूको तथ्यपूर्ण विश्लेषण र विकल्पको सम्भावनासहित सम्प्रेषण नै मिसन पत्रकारिताको विशेषता हो। तर मिसन पत्रकारिताको ओजलाई नबुझ्दा आज यसलाई कतिले पार्टी पत्रकारिताका रूपमा मात्र बुझ्ने र अर्थ्याउने गरेका छन् । यसरी विहंगम विषय समेटेको मिसन पत्रकारिता आज पार्टी पत्रकारितामा सीमित हुन र गर्न खोजिएको छ । मिसन पत्रकारितालाई केवल पार्टी पत्रकारिताका रूपमा बुभ्नु, बुझाउनु वा सीमित गर्नु अल्पज्ञानकै अभिव्यक्ति हो । अझ कतिपयले त यसलाई झोले पत्रकारिता (कुनै पार्टीका) का रूपमा अपमानित पनि गरेको पाइन्छ । त्यसो त नेपालमा आफुलाइ स्वतन्त्र दाबी गर्ने तर प्राय सबैजना कुनै न कुनै पार्टी निकट सङ्गठनमा आबद्ध हुने र सङ्गठन नै मोर्चाबद्ध वा एकल रूपमा नेपाल पत्रकार महासङ्घमा निर्वाचनमा भाग लिने वर्तमान तथ्य सबैका सामु छर्लङ्ग भएको अवस्थामा आफूले कति स्वतन्त्र वा अरूलाई पार्टी पत्रकारिता भन्न मिल्छ ? त्यो फरक छलफलको विषय हो । यहाँ चिन्ताको विषय के हो भने यति व्यापक विषयवस्तु ओगटेको खोज पत्रकारिता किन र कसरी सङ्कुचित भयो ? र केवल पार्टी पत्रकारिताका रूपमा बुझिने अवस्था बन्न पुग्यो ? भन्ने हो । विगतदेखि हालसम्म भए गरेका कार्यले अहिले मिसन पत्रकारिताको अवस्था के हो ? यसमा कुनकुन पक्षमा विकास गर्ने र अबको नयाँ पिँढीले गर्नुपर्ने र कसरी गर्ने भन्नेबारे स्पष्ट मार्गचित्र नहुनु यस क्षेत्रको महत्वपूर्ण समस्या हो । मिसन पत्रकारिताको महत्व, योगदानलाई नयाँ उचाइमा उभ्याउँदै यसका विरुद्ध गरिएका वैचारिक र व्यावहारिक प्रहारलाई विचार र व्यवहारले नै जबाफ दिन जरुरी छ। यति बेला मिसन पत्रकारितालाई नयाँ ढङ्गले पुनर्परिभाषित गर्न जरुरी छ । यसका साथै ऊर्जाशील र प्रभावकारी बनाउन थप नीति, विधि संरचना र उत्प्रेरणाको समेत खाँचो छ ।

२. विषयवस्तु पहिचान, छनोट र विशिष्टीकरणको समस्या:
मिसन पत्रकारिता नामले नै स्पष्ट गर्दछ, यसको महत्वपूर्ण पक्ष र पहिचान भनेको उद्देश्यपूर्ण, गहन अध्ययन, खोज र प्रस्तुति हो । तर यति बेला अधिकांश मिसन पत्रकारिताको व्यावहारिक क्षेत्र आम समसामयिक राजनीतिक विषय भएको छ र राजनीति क्षेत्रको पनि दैनन्दिन भइरहेका राजनीतिक गतिविधि र राजनीतिक घटनाहरूको सतही व्याख्यामा सीमित भएको छ । यसमा संग्लन पत्रकारहरूमा सबैमा आम र समान विषयमा नै दखल देखिन्छ । त्यसैले आआफ्नो रुचिअनुसार भिन्नभिन्न विषयलाई आफ्नो अध्ययन क्षेत्र छनोट गर्नसके समग्रमा धेरै विषयमा महत्वपूर्ण सामग्री केन्द्रित हुन पुग्छ । सम्भवतः यसबारे कुनै पनि विषय मानौं कुनै राजनीतिक घटनालाई मिसन पत्रकारिताको दृष्टिले लिने हो भने त्यसको पृष्ठभूमि, सम्बन्धित विभिन्न पक्ष र तिनका फरकफरक स्वार्थ वा उद्देश्य, पूर्वघटनाक्रमहरू, प्रकृति, कारण, नतिजा र प्रभावबारे तथ्यपरक अध्ययन आवश्यक हुन्छ । त्यसबाहेक राजनीतिसँग प्रत्यक्ष नजोडिएका तर राजनीतिका अनिवार्य सरोकारका कयौं विषयहरू हुन्छन्, तीबारे कमै ध्यान दिइएको पाइन्छ । साथै समाजमा यति धेरै विषयवस्तु र क्षेत्रहरू छन् जसबारे सबैको चासो भइरहेको हुन्छ । राजनीतिका विविध पक्ष, अर्थतन्त्र, समाज, संस्कृति, शिक्षा, स्वास्थ्यलगायत पेसा व्यवसाय रोजगारी प्राकतिक दुर्घटना पीडित, विकास र विकासबाट उपेक्षित, सबै ऐतिहासिक आन्दोलन (०६२-०६३, ०४६), जनयुद्ध, झापा विद्रोहदेखि २००७ सालको सङ्घर्षसम्मका सहिद, बेपत्ता परिवार, घाइते अपाङ्गको अवस्था, द्वन्द्वपीडित, महत्वपूर्ण जिम्मेवारी पूरा गर्ने योद्धाहरू, ती सबै खोज पत्रकारिताका विषय हुन सक्छन् । कुनै निकायमा भ्रष्टाचार भयो भन्ने एउटा समाचार हुन सक्छ तर भ्रष्टाचारविरुद्ध क्रियाशील मिसन पत्रकारिताका दृष्टिले भ्रष्टाचार भएको र त्यसको सम्बन्धित नेतृत्वसँग जोडेर अमूर्त विषय मात्र पर्याप्त हुँदैन, त्यो कसरी भयो, केकस्तो, कसरी, क-कसको संलग्नता देखिन्छ आदि निश्चित विषयहरूमा निरन्तर खोज, अध्ययनका आधारमा तथ्यहरू जरुरी हुन्छ । यी क्षेत्र र विषयबारे निश्चित पात्रले निरन्तर अध्ययन र खोजमा लागिरहे त्यस विषयमा अनुभव र विशेष दखल प्राप्त हुन्छ । यसले मिसन पत्रकारितालाई विभिन्न विषयमा विशिष्टीकृत गर्न सकिन्छ । साथै मिसन पत्रकारहरूको ज्ञान, क्षमता, अनुभव र व्यक्तिगत पहिचान पनि निर्माण हुन सक्छ।

३. समस्याको सूक्ष्म तथा गहिराइमा पुग्ने र विकल्प प्रस्तुतिको चुनौती:

यो मिसन पत्रकारिताको विशेषता र चुनौती दुवै हो । कुनै पनि विषयको सतही अध्ययन वा छिपछिपेमा मात्र पुगेर विषयको वास्तविकता ज्ञात हुँदैन । अहिले समाचारको सत्यतथ्यभन्दा समाचार ‘ब्रेकिङ’ गर्ने हतारो हाबी भएको छ । सकेसम्म छिटो समाचार प्रकाशन र प्रसारण गर्नु महत्वको विषय भए पनि यो सत्यतथ्यभन्दा पर हुनु हुँदैन । निकै महत्व र चासोको विषय पनि तत्कालको हट न्युजमा सीमित हुने अवस्थाभन्दा त्यसको अन्तर्यसम्म पुगेर सबै पक्षहरू समेट्ने, यथार्थलाई जस्ताको तस्तै प्रस्तुत गर्ने विषय खोज पत्रकारिता हो । स्वाभाविकै छ त्यो तुलनात्मक रूपले जटिल, अप्ठ्यारो र लामो समय खट्नुपर्ने कर्म हो तब मात्रै पत्रकारिता मिसन पत्रकारिता बन्न पुग्छ । समस्याहरूको उठान वा उजागर पत्रकारिता हो भने समस्याको प्रकृति र कारणहरूको पहिचानसहित समाधानको वैकल्पिक समाधान खोज्नु मिसन पत्रकारिताको दायित्व हो।

४. सूचना र तथ्य सङ्कलनमा पैदा हुने खतरा:
समाचारको सत्यको कसी तथ्य हुन्छ । वास्तविक सूचना र तथ्यहरू सङ्कलनका लागि सम्बन्धित क्षेत्र, पात्र, सन्दर्भसामग्री वा घटनास्थलमा कुनै न कुनै रूपमा पुग्नुपर्दछ । विषयवस्तु र घटना सम्बन्धित सबै सूचना र तथ्य सङ्कलन गर्नु सजिलो कार्य होइन । त्यसका लागि अनेकौं अप्ठ्यारा र अवरोधहरू झेल्नुपर्छ । कुनै घटनासम्बन्धी सूचना सङ्कलनका क्रममा घटनामा संलग्न व्यक्तिहरूबाट अनेकौं षड्यन्त्र गरिन्छ । अझ आन्दोलन वा सङ्घर्षका बेला समाचार सङ्कलनका लागि प्रत्यक्ष संलग्न हुँदा झनै असामान्य परिस्थिति भोग्नुपर्ने हुन्छ । आन्दोलनका क्रममा सुरक्षा निकाय र आन्दोलनकारीबीच झडप भएको अवस्थामा दुवै तर्फबाट निशानामा पर्ने खतरा पनि उत्तिकै हुन्छ ।

५. आवश्यक सामग्री र साधन स्रोतको समस्या:
सम्बन्धित क्षेत्र, घटना वा पात्रहरूसम्म पुग्न, आवश्यक सूचना-तथ्यहरू सङ्कलन गर्न र त्यसको सुरक्षणका लागि चाहिने प्राविधिक सामग्रीहरू आवश्यक हुन्छन् । विभिन्न किसिमका क्यामरा, कम्प्युटरलगायत अन्य प्राविधिक सामग्रीहरू स्तरीयताको दृष्टिले महँगोसमेत हुनाले एउटा सामान्य व्यक्तिका लागि सहज पहुँच र प्राप्य हुँदैन । आवश्यक प्रविधि र सामग्रीको अभावले क्षमतावान् व्यक्तिको ज्ञान र प्रतिभा पनि भुत्ते, प्रभावहीन र निरीह हुन पुग्छ । आवश्यक सामग्रीहरूको अभावका कारण पनि विषयवस्तुको ज्ञान, विषय सान्दर्भिकता, इच्छाशक्ति र समय हुँदाहुँदै पनि सम्बन्धित क्षेत्र वा विषयमा पुगेर आवश्यकताअनुसारको सामग्री तयार गर्न असम्भव हुनसक्छ ।

६. सम्प्रेषण माध्यमको अभाव र त्यसपछिका समस्या: निकै दुःखकष्ट र समय खर्चेर तयार गरेको विषयवस्तु वा समाचार सामग्री प्रकाशन गर्ने वा सम्प्रेषण गर्ने माध्यमको समस्या पनि एक महत्वपूर्ण समस्या हो । मिसन पत्रकारले तयार गरेको सामग्रीले कतिपय सरकारी निकाय वा निजी प्रतिष्ठानहरूका कमीकमजोरीलाई उजागार गरिदिएको हुनसक्छ । त्यस किसिमको सामग्री सम्प्रेषण गर्दा सरकारी निकाय रुष्ट हुने डर वा निजी प्रतिष्ठानहरूबाट विज्ञापन नपाइने डरले जोकोही प्रकाशन वा प्रसारण माध्यमले त्यस्ता सामग्री पस्कने आँट गर्दैनन् । खोजपूर्ण सामग्रीहरूको महत्वबोध गरी उपयुक्त पारिश्रमिकसहित सम्प्रेषण गर्ने सञ्चार संस्थाको निकै कमी छ। यसले सञ्चारकर्मीको कामप्रतिको उत्साह मर्ने गर्छ । एकातिर प्रकाशन वा प्रसारण हुँदै नहुने समस्या छँदैछ भने अर्कातर्फ त्यस्ता सामग्री प्रकाशन प्रसारण भइहाले भने पनि जुन निकाय वा पक्षबारे समाचार सम्प्रेषण भएको हुन्छ, ती निकायबाट आफ्ना कमीकमजोरी महसुस गर्ने वा सच्याउनेतर्फ नलागी उल्टै त्यो सञ्चारकर्मीलाई धम्की दिने, विभिन्न माध्यम प्रयोग गरी उसलाई मानसिक यातना दिने वा प्रतिशोध साध्न अनेकौं “दुःख दिने गरिन्छ अझ त्यस्ता समाचार सामग्रीहरू सरकारी वा प्रभावशाली निजी प्रतिष्ठान वा सुरक्षा निकाय वा प्रशासनसँग सम्बन्धित रहेको खण्डमा भने प्रताडित गर्ने गरिन्छ । यसले सञ्चारकर्मीको मनोबल गिराउने गर्छ र अर्को र सामग्री तयार गर्न निकै खतरा मोल्नुपर्ने कि त पेसाकर्मबाटै विस्थापित हुनुपर्ने देखिन्छ ।

७. दैनिक जीवन यापन र आर्थिक अभाव:
मिसन पत्रकारितामा क्रियाशील पत्रकारहरूको सञ्चार संस्थासँगको संलग्नता हेर्दा सामान्यतया दुई किसिमको देखिन्छ- कुनै संस्थासँग आबद्ध वा संलग्न र कुनै पनि संस्थासँग असंलग्न। त्यसबाहेक निश्चित विषय वा समयसम्म निश्चित संस्थासँग आंशिक संलग्नता पनि देख्न सकिन्छ । कुनै व्यावसायिक संस्थासँग संलग्न सञ्चारकर्मीहरू आफैमा स्वतन्त्र नभई संस्थाको आवश्यकताका आधारमा जिम्मेवारी निर्धारण गरिएको हुँदा उनीहरू आफ्नो चाहना हुँदाहुँदै पनि उक्त व्यावसायिक संस्थाको इच्छाविपरीत कुनै अर्को विषय छनोट गरेर विषयवस्तुको मागबमोजिम अन्यत्र सम्बन्धित क्षेत्रमा पुगेर वास्तविक मिसन पत्रकारिताको भूमिका पूरा गर्न सकेका हुँदैनन् भने असंलग्न सञ्चारकर्मीहरूलाई आर्थिक अभावका कारण आफ्ना न्यूनतम् आवश्यकता र दैनिक जीवन निर्वाह गर्न पनि हम्मेहम्मे भएको स्थिति छ । निश्चित संस्थामा आबद्ध सञ्चारकर्मीहरू पनि केहीबाहेक ‘जसोतसो’ को अवस्थामा छन् । नाफाकै उद्देश्य राखेर सञ्चालित सञ्चार संस्थाहरूले सञ्चारकर्मीहरूलाई केवल कर्मचारी र मजदुर मात्र मान्ने गर्छन् । त्यसैले जति पारिश्रमिक वा ज्याला कम दिनु पायो त्यति नै नाफामा वृद्धि हुने हुनाले विभिन्न कारण देखाई सकेसम्म कम पारिश्रमिक दिएर काम गराउन चाहन्छन् । उता साना, गैरनाफामुखी सङ्घसंस्था र स्वयम् पत्रकारहरूद्वारा सञ्चालित अधिकांश सञ्चार संस्थाहरू ठूला मिडियाको बर्चस्वका कारण छायामा परेर वा विभिन्न कारणले आफैँ टाट उल्टने अवस्था भएकाले चाहेर पनि सञ्चारकर्मीलाई उचित ज्याला वा पारिश्रमिक दिन सकिरहेका छैनन् कारण जे भए पनि यसको मार सञ्चारकर्मीहरूले नै भोग्नु परिरहेको छ त्यसैले सञ्चारकर्मीहरू निश्चिन्त भएर आफ्नो ड्युटी वा मिसन पत्रकारिताको कार्यमा दत्तचित्त भएर लाग्न सकिरहेका छैनन् दैनिक जीवनयापनका आवश्यकताहरूको तनावले उनीहरूले गर्नसक्ने उपलब्धिहरू पनि प्रस्तुत गर्न नसकिरहेको देखिन्छ ।

८. बहुप्राविधिक ज्ञानको कमी वर्तमान युग विज्ञान: प्रविधिको युग हो । त्यसमा पनि सञ्चार प्रविधिको युग हो । सञ्चार प्रविधिमा भएको विकासले सामान्यतः सबै क्षेत्रमा अझ विशेषगरी सञ्चार क्षेत्र र सञ्चारकर्मीहरूलाई प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ विगतमा जस्तो कापी-कलममा मात्र सीमित छैन अहिलेको सञ्चारजगत् । अनलाइन, भिजुअल आदि सञ्चार माध्यमले कम्प्युटर, मोबाइलमार्फत कार्य सम्पादन गर्न सक्नु अहिले अनिवार्य र न्यूनतम् योग्यता बनिसकेको छ । अहिले सञ्चार क्षेत्रमा यति धेरै तीव्रतम विकास भइरहेको छ, एउटै सञ्चारकर्मीले एउटा समाचार सामग्री तयार गर्न एउटै प्राविधिक ज्ञानले मात्र पर्याप्त हुदैन बहुप्राविधिक ज्ञानयुक्त सञ्चारकर्मी आजको युगको आवश्यकता हो । त्यसैले मिसन पत्रकारितामा संलग्न सञ्चारकर्मीहरूलाई बहुप्राविधिक तालिममार्फत प्रतिभा सम्पन्न बनाउनु जरुरी छ ।

९. सैद्धान्तिक र प्राविधिक ज्ञान संयोजनको समस्या:
पुराना, पाका र अग्रज पत्रकारहरू सैद्धान्तिक ज्ञान, अनुभव र विगतका अनेकौं कालखण्डका ज्युँदा प्रमाण र साक्षी हुनुहुन्छ भने नयाँ युवा पुस्ता ऊर्जाशील, केही गरौं भन्ने आकाङ्क्षा र नवप्रविधिमा दखल पनि । त्यसैले अग्रजहरूबाट नयाँ पुस्ताले उत्प्रेरणा, उनीहरूका सैद्धान्तिक ज्ञान, विभिन्न चुनौतीपूर्ण सङ्घर्षका अनुभवहरू जो आफैंमा ऐतिहासिक शिक्षा हुन्, तिनलाई ग्रहण गर्न र सिक्न सकिन्छ । उनीहरूले आफ्नो अवस्थाअनुसार वर्तमान प्रविधियुक्त सञ्चार युगमा प्राविधिक ज्ञानमा दक्ष हुन नसके पनि यसबारे न्यूनतम् जानकारी वा ज्ञान हासिल गर्न चासो राख्न जरुरी छ । त्यसो गरेर नै आफूलाई अद्यावधिक गर्न र निरन्तर प्रस्तुतिद्वारा आफ्नो ज्ञान, अनुभव, पहिचान र प्रतिभालाई भने निखार्न सकिन्छ । त्यस्तै नयाँ पुस्तामा समसामयिकता र प्राविधिक ज्ञान हुँदाहुँदै पनि सैद्धान्तिक र आधारभूत पक्षको कमी देखिन्छ । यतिबेला पुराना पुस्तालाई प्राविधिक ज्ञानले पूर्ण गर्नु र प्रविधिमा अभ्यस्त नयाँ पुस्तालाई सैद्धान्तिक स्तरमा उठाउनु अनिवार्य विषय हो । सारमा मिसन पत्रकारितामा सिद्धान्त र प्रविधिको संयोजन आजको आवश्यकता हो ।

१०. राज्य र प्रशासनका चुनौती:
मिसन पत्रकारिताका निम्ति राज्य सरकार र प्रशासन पनि एक स्वाभाविक चुनौती हो। मिसन पत्रकारिताले विभिन्न विषय र घटनाको उजागर गरेर सम्बन्धित पक्ष र राज्यका निकायहरूको कमीकमजोरी, अपराधहरूसमेत चरित्र उदाङ्गो पार्ने हुँदा नि पत्रकारिता प्रायः सधैँ नै सरकारको आँखाको कसिङ्गर बनेको हुन्छ र सरकारी निकायको निसानाको तारो बनिरहन्छ । राज्यका निकायहरूबाट सूचना नदिनेदेखि सञ्चारकर्मीहरुलाई विभिन्न बहानामा गिरफ्तार गर्ने भुट्टा मुद्दा लगाउने, यातना दिनेसम्मका घटना हुन्छन् । मिसन पत्रकारितामा यस्ता समस्याहरूको सामना गर्नुपर्ने हुन्छ।

११. पेसागत सुनिश्चितताको अभाव:
मिसन पत्रकारितामा खट्ने पत्रकारहरू पत्रकार भएरै जीवनयापन गर्नसक्ने अवस्थाको सुनिश्चितता नहुनु पनि यस क्षेत्रको उल्लेखनीय समस्या हो । निश्चित विषय वा क्षेत्रमा विशेष दक्षता हुँदाहुँदै पनि उनीहरू बेरोजगार बन्नुपर्ने, अनिच्छापूर्वक व्यावसायिक संस्थामा आबद्ध बन्नुपर्ने बाध्यता, पत्रकारिताबाहेक अरू अतिरिक्त पेसामा जोडिनु कतिपय सवालमा पत्रकारिताबाटै पलायन हुनुपर्ने परिस्थितिमा देखिन्छन् । यसैले लामो अवधि खटेर खारिएर प्राप्त भएको प्रतिभा सजिलैसँग नगुमोस् र उसले आपनै क्षेत्रमा विशिष्ट योगदान गर्न सकोस् । त्यसका लागि सबैको ध्यान जानु समाज र राष्ट्रकै लागि कर्तव्यबोध हुन जान्छ ।

१२. योगदानको मूल्याङ्कन नहुनु:
मिसन पत्रकारिता डटिरहने पत्रकारहरूको उचित
मूल्याङ्कन नहुनु एक विडम्बनापूर्ण वास्तविकता हो । विगतमा विभिन्न महत्वपूर्ण विषय र क्षेत्रमा उत्खनन गरी वास्तविकता जनसमक्ष ल्याउने सञ्चारकर्मी हुन् वा विभिन्न परिवर्तनकारी आन्दोलनमा चुनौतीपूर्ण ढङ्गले सञ्चार क्षेत्रबाट डट्ने पत्रकारहरूको अवस्था अहिले कस्तो छ ? तिनीहरू कहाँ छन्, के गर्छन् ? भन्नेबारे चासोसमेत राख्न कसैलाई फुर्सदसमेत छैन। सामान्यतया पत्रकारिता राज्य वा सरकारको प्रतिपक्षीय पेसा मानिन्छ । त्यसैले राज्यले पत्रकारहरूको योगदानको कदर गर्ने विषय विरलै हुन्छ । निकै कमले मात्र त्यो अवसर प्राप्त गरेका छन् । तर अनेकौ परिवर्तनकारी सघर्षमा सञ्चार मोर्चाबाट असाधारण भूमिका पूरा गर्ने सञ्चारकर्मीहरू व्यवस्था परिवर्तनपछि पनि उपेक्षित हुनु, गुमनाम हुनु अझ फेरि पनि सरकारबाट प्रताड़ित बन्नु निकै दुःखद् विषय हो । यसरी ऊर्जाशील उमेरमा खतरा मोलेर काम गर्ने सञ्चारकर्मीहरूको उत्तरार्द्धमा देखिने टिठलाग्दो अवस्थाले नयाँ पुस्तालाई यस क्षेत्रमा समर्पित भएर अघि बढ्न हिच्किचाहट पैदा हुने गर्छ । यस किसिमको नकारात्मक विरासतको अन्य हुनुपर्छ र विगत र वर्तमानमा यस क्षेत्रमा योगदान पुयाउने सबैलाई मूल्याङ्कन, उचित कदर, आत्मसन्तुष्टि र आत्मगौरवको वातावरण सिर्जना गर्नुपर्छ।

१३. धैर्यको अभाव र सस्तो लोकप्रियताको अपेक्षा:
अहिले फास्टफुडको जमाना छ । तुरुन्तै लगानी गरेर तुरुन्तै फल पाउने आशा गरिन्छ। मिसन पत्रकारिता चुनौतीपूर्ण लामो यात्राको हिँडाइ हो । यसको विषयको विशिष्टताले तुरुन्तै र सजिलै परिणाम प्राप्त हुँदैन । यसमा पनि उल्लिखित र अन्य विभिन्न अवरोधहरू आइपर्ने हुन्छन् । यस्तो अवस्थामा शीघ्र परिणामको अपेक्षा गर्नेहरूको धर्यको बाँध टुट्न सक्छ र छिटै निराशा पलाउन सक्छ । अर्कातर्फ तुरुन्तै भाइरल बन्ने र चर्चामा आउने अहिलेको परिवेश पनि छ । त्यसले पनि लामो समयसम्म अध्ययन, खोज र परिष्कार गर्ने विषय र कार्यलाई जटिल र कष्टकर लाग्ने बरु सजिलै र छिटै चर्चित बन्ने मनोकाङ्क्षाहरू नवयुवाहरूमा पलाउन सक्छ । यहाँनेर ख्याल गर्ने विषय के हो भने क्षणिक चर्चाको पात्र बन्नुभन्दा दीर्घकाल सम्मानित व्यक्तित्वका रूपमा पहिचान निर्माण गर्नु कयौं गुणा उत्कृष्ट विषय

१४. पेसागत इमानदारी र अनुशासनको सवाल:
यो समय जुनसुकै पेसामा पनि इमानदारी जोगाउनु निकै कष्टकर विषय बनेको छ । सञ्चार क्षेत्र पनि यो समस्याले ग्रसित बनेको छ । कतिपय सञ्चारकर्मीहरूको गलत क्रियाकलापले सिङ्गो सञ्चार क्षेत्र बदनाम र अविश्वसनीय पनि बन्न सक्छन् । एकातिर आफ्ना वैयक्तिक, पारिवारिक जीवनयापन र पेसागत सामग्रीहरूको अभावका कारण टिक्नै गाह्रो भएको पीडाको बोझ छँदैछ। अर्कातिर इमानदार सञ्चारकर्मीहरूलाई विभिन्न प्रभोलन, आर्थिक लाभ र सुविधाहरू उपलब्ध गराई किन्ने होडबाजी र अवसर पनि छ। यसो हेर्दा एकातिर दुःखैदुःख र अर्कातिर सान, सौकत र सुविधैसुविधा । इमानदार भएर बाँच्न गाहो, बेइमान बन्न आत्मै तगारो यस्तो अवस्थामा कुन रोज्ने भन्ने द्विविधा पनि अवश्य छ। यहींनेर एक असल मिसन सञ्चारकर्मी र अन्यको भेद छुटिन्छ । अहिले मिसन पत्रकारहरूले बेहोर्नुपरेको कष्टसाध्य परीक्षा यही हो ।

समग्र सञ्चार क्षेत्रमा नै पेसालाई देखाएर आर्थिक बार्गेनिङ गर्ने, सञ्चार पेसाको शक्तिलाई दुरूपयोग गर्ने, व्यक्तिगत इगोलाई समाचारको विषय बनाइदिने, कसैले दिएको भोज वा उपहारले समाचारमा प्रभाव पार्नेलगायत समस्या र आरोपहरू पनि देखिन्छन् । यसतर्फ सबै सञ्चारकर्मी सचेत रहन जरुरी छ । यो नियमकानुनको सवाल मात्र नभएर पेसागत इमानदारी र आत्मअनुशासनको विषय बन्नुपर्छ ।

अन्त्यमा उल्लेखित, अन्य चुनौती र समस्याहरू हुँदाहुँदै पनि मिसन पत्रकारिता आफैँमा एउटा विशिष्ट र सम्मानित विधा हो । यसका चुनौतीले पनि यसको महत्वलाई पुष्टि गर्दछन् । अन्य समाचारको तुलनामा यसका सामग्रीहरू दीर्घकालीन महत्वका हुन्छन् र प्रायः पुराना हुँदैनन् । नयाँ अध्येता र शोधार्थीहरूलाई पनि यसका विषयहरू सन्दर्भसामग्री बन्न सक्छन् । मिसन पत्रकारहरूको आफ्नै पहिचान, गौरव र सम्मान छ । यति बेला मिसन पत्रकारिताको महत्व र सान्दर्भिकता झनै बढेर आएको छ । चुनौतीहरूको सामना गर्दै नयाँ परिवेशअनुरूप यसलाई विकास गर्न सके यसको भविष्य व्यापक र विशाल छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार