वैज्ञानिक समाजवाद,जनमत संग्रह र अपिहार्यता : मुक्ति गैरे

डेली न्युजराप्ती       २२ पुष २०७८ ०७:५५ मा प्रकाशित     431 No Comments

मुक्ति गैरे।

नेपाल कम्युनिष्ट पार्टीले माक्र्सवाद–लेनिनवाद–माओवाद जिन्दावादको झण्डा उठाउदै “संसारका उत्पीडित राष्ट्र र सर्वहारा वर्ग एक होउँ” भन्ने नाराको साथ वैज्ञानिक समाजवादी व्यवस्थाका लागि “प्रगतिशील संयुक्त सरकार मार्फत जनमत संग्रहको तत्कालीन कार्यक्रम ल्याएको छ ।
वर्नस्टीन–काटस्कीले संसदीय कार्यदिशा अवलम्वन गर्दै शान्तिपूर्ण समाजवादी कार्यदिशा पक्डेर युरो कम्युनिज्म कोर्ष खडा गर्यो । ख्रुश्चोभ र देङ शाओले शान्तिपूर्ण संक्रमणको कम्युनिष्ट कोर्ष स्थापित गरे । एमाले र नेकपा (माओवादी) केन्द्रले जनताको बहुदलीय जनवाद र बहुदलिय गणतन्त्रको कार्यदिशाको कोर्ष खडा गरेका छन् ।
नेकपाको एकिकृत जनक्रान्तिले प्रगतिशील संयुक्त सरकार–जनमत संग्रह–वैज्ञानिक समाजवादको कोर्षको कार्यक्रम लिएको छ । प्रगतिशील संयुक्त सरकार वैज्ञानिक समाजवादी व्यवस्थाका पक्षधर कम्युनिष्ट पार्टीहरुको हुनेछ । जसलाई नेपाली जनताले ८० (%)प्रतिशत कम्युनिष्ट पार्टीको नारा र एजेन्डालाई जिताएका छन् पटक पटक । जसले पुरानो सत्ताको विघटन गरी नेपाल कम्युनिष्ट पार्टी कै नेतृत्वमा संयुक्त प्रगतिशील सरकार गठन गर्नेछ । उक्त प्रगतिशील संयुक्त सरकारको नेतृत्व कम्युनिष्टहरुको मात्र हुनेछ । यस सरकारले व्यवस्थाका लागि जनमत सग्रह गराउनेछ । जसले १) वैज्ञानिक समाजवादी व्यवस्था अर्को २) संसदीय व्यवस्थाका लागि जनताहरुलाई आम मताधिकारको व्यवस्था गरी जनमत संग्रह गर्नेछ,भने नेपाल कम्युष्टि पार्टी सहित कम्युनिष्ट दलहरुले वैज्ञानिक समाजवादी व्यवस्थाका लागि मत दिनु पर्नेछ,भने यथास्थीतिका दलाल नोकरशाही बुर्जुवा र पुँजीपतिहरुले संसदिय व्यवस्थालाई मत दिनेछन् ।

नेपालको संविधानले संसदीय समाजवादी बाटो अपरिवर्तनीय भनी लेखेता पनि यसले पुर्णतया यथास्थीतिमा रहि राष्ट्रघात,MCC जस्ता सम्झौताहरु सदनमा पास गर्ने प्रस्ताब गरेको छ,जनघात गरेको छ । भ्रष्ट्रचार, मङ्गगि, सीमा हस्तक्षेप, बलत्कार, हत्या जस्ता जघन्य अपराधहरुले आक्रान्त बनाएको छ , जसका कारणले जनताहरुले विकल्प खोजि रहेका छन्, निकासको माग गरिरहेका छन्, जसको कारणले वैज्ञानिक समाजवादी व्यवस्थाका लागि जनमत संग्रहको अपिहार्यता र आवश्यकता बनेको छ, जसले जनताको सम्पूर्ण समस्याहरुको हल गर्ने नीति,सिद्धान्त र व्यवहारको ठोस गर्नेछ । यो संविधानको व्यवस्थामा समाजवाद र नेकपाको समाजवादमा के अन्तर सम्बन्ध हुनेछ ? संसदीय समाजवाद र जनमत संग्रह विच अन्तर के भएको छ ? दुवै आम निर्वाचित हुन् कि ? आमनिर्वाचन र जनमत संग्रह दुवै यसै संविधानमा परेका छन् की छैनन् ?, भने जिज्ञासाहरु आएका छन् ।

प्रगतिशील संयुक्त सरकार–जनमत संग्रह–वैज्ञानिक समाजवादको नारा एकीकृत जनक्रान्तीको एउटा कार्यक्रम हो । नेपाली कम्युनिष्ट आन्दोलनमा नयाँ जनवाद,राष्ट्रिय प्रजातन्त्र,जनताको वहुदलीय जनवाद,वहुदलीय गणतन्त्र र प्रगतिशील संयुक्त सरकार–जनमत संग्रह–वैज्ञानिक समाजवादी व्यवस्थाको गरि ५ प्रकारका कार्यक्रम आएका छन् । यी बीचमा अहिले राजनीतिक केन्द्र विन्दुले टकराव लिई रहेको छ । नयाँ जनवादी क्रान्ती नेकपाका संस्थापक पुष्पलालको प्रस्ताव हो । नेपालमा वास्तविक कम्युनिष्ट पार्टीको पुर्नगठनमा टेक्न नेत्रविक्रम चन्द “विप्लव” विक्रमको नेतृत्वमा एकिकृत जनक्रान्तीको बाटोबाट माओवादी–क्रान्तीकारी नेपाल कम्युनिष्ट पार्टी स्थापनाका साथ रोल्पामा आठौं महाधिवेशन गरी उठाइएको छ । विश्व कम्युनिष्ट आन्दोलनमा–आधुनिक अवधीमा मूलत दुईवटा कम्युनिष्ट कार्यक्रम विभाजीत छन् । एउटा हो–शान्तिपूर्ण क्रान्तीको कार्यक्रम अर्को हो शसस्त्र क्रान्तीको कार्यक्रम ।

एकीकृत जनक्रान्तीको कार्यक्रम दिदै नेपाल कम्युनिष्ट पार्टीले प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह–वैज्ञानीक समाजवादको कार्यक्रम ल्याएको एक वर्ष पुग्दैछ । ओली नेतृत्व यथास्थितिमा फर्किदै राजतन्त्र र हिन्दुराज्यको पुर्नस्थापनामा जोड दिदै छ भने प्रचण्ड माकुने नेतृत्व शान्तिपूर्ण समाजवादी नेपाली बाटो भनि दिगभ्रमित पार्दै वर्नस्टीन–काटस्कीले संसदीय कर्यादिशा अवलम्बन गरेको बाटो जसलाई पछिल्लो समय दलाल नोकरशाही वुर्जुवा पूँजीवादले संरक्षण गरेको छ । उक्त बाटोमा आत्मसम्पर्ण गर्न पुगेका छन । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) नेतृत्व एकिकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवादको असली नारा बोकेको छ । नेपाली कम्युनिष्ट आन्दोलनमा क्रमश चार शक्ति देखिन्छन् । ओली नेतृत्व, प्रचण्डमाकुने नेतृत्व शान्ती पूर्ण संशोधनवादी क्रान्तीमा लामबद्द छन्, भने अर्को किरण नेतृत्व गोल चक्करमा फसि नत क्रान्तीको स्पीड पक्रिने नत यथास्थीतिमा फर्किने ठाउँमा पुगेका छन् ।

आम मताधिकार श्रमजीवी–महिलाले पाउनुपर्छ भन्ने आवाज–आन्दोलन अन्तर्राष्ट्रिय मजदुर संघले उठाएको हो । आम निर्वाचन–जनमत संग्रहमा मजदुर–श्रमीक महिलाले मतदान गर्ने अधिकारको लागी आवाज उठाएको छ र आठ घण्टे कार्य दिवस मांग पनि राखेको छ । तर नेपाल कम्युनिष्ट पार्टीको जनमत संग्रहको मांग १) वैज्ञानिक समाजवादी व्यवस्था की २) संसदीय व्यवस्था भने विषयमा व्यवस्थालाई नै चुनौती दिदै मताधिकारको माग राख्नु प्रगतिशिल,अग्रगामी,परिवर्तनकारी एजेन्डा हुन आएको छ, भने अन्य अरु दलहरु संशोधनवादी पार्टीहरुले स्थापना गरिदिएको बनि बनाउ व्यवस्थामा आत्मसम्पर्ण गरी सोही व्यवस्थाको एउटा अंगमा दल दर्ता गरी एउटा अंगको लागि चुनावमा सहभागि हुने गरेका छन् । आत्मसम्पर्णकारी अर्थात यथास्थीतिवादी भन्न र मान सकिन्छ । नेपालमा जनमत संग्रह मताधिकारको कुरालाई प्रतिक्रियावादीहरुले उठाएको भनि हवला दिन्छन उनिहरुलाई यो थाहा छैन कि आम मताधिकार कुरा विश्वमा पहिल्लो पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा अन्तराष्ट्रिय मजदुर संघले उठाएको हो भने यसका विरुद्धमा शान्तिपूर्ण परिवर्तन भन्दै वर्नस्टीन–काटस्कीले ल्याएको संसदीय व्यवस्थामा आत्मसम्पर्ण गरेको कुरा भुल्छन् । अनि प्रगतिशील,अग्रगामी र परिवर्तनकारी एजेन्डाहरुलाई जनताको माग र मताधिकारलाई समेत निषेध गर्छन् । यसलाई वुर्जुवा अर्थात सामन्तले पनि आफ्नो आयु बचाउन मताधिकारलाई कब्जा गर्न जनमत सग्रह अर्थात आम चुनावको नीति लिएका छन् । जतिवेला अन्तर्राष्ट्रिय मजदुर संगठनले युरोपमा माग राख्दा पैसा हुनेलाई अर्थात आफ्नो फासिष्ट राज्यको सर्मथन गर्नेलाई मतदान गर्न दिईन्थ्यो,यो निकै फासिष्ट थियो । यसलाई माक्सवादीहरुले अर्थात कम्युनिष्टहरुले तोडेर आफ्नो हातमा ल्याई आफ्नै राज्य व्यवस्था संचालन गर्न पुगेका थिए । वुर्जुवा प्रजातन्त्रधारीहरुले कम्युनिष्टको उच्च जनवादको नारा चोरेर आफ्नो आयु बचाइरहेका छन्, जो कहिले सम्म चोरेर बाच्न सकिन्छ र ? नेपालमा जनताको शक्तिशाली उठेको आन्दोलनलाई रोक्ने उद्देश्यले ०३६ सालमा नेपालको जनमत संग्रह राजाकै पक्षमा परिणाम ल्याउन, युरोपबाट व्रिटिशलाई अलग गराउन, आयरलेण्डमा व्रिटिशको पक्षमा जनताको आम मताधिकारलाई वुर्जुवाहरुले दुरुपयोग गराए । अब यो आम मताधिकारलाई कम्युनिष्टहरुले ल्याएको हुदाँ कम्युनिष्टहरुले नै वैज्ञानिक समाजवादी व्यवस्थाका लागि प्रयोग गर्नु पर्छ ।

वुर्जुवा समाजवाद र सर्वहारा वैज्ञानिक समाजवाद मात्रै विश्वमा छन्, वर्ग निरपेक्ष समाजवाद वा मात्र–समाजवाद वुर्जुवा समाजवाद हुन्छ कम्युनिष्ट घोषणा पत्र–१८४८ ले वुर्जुवा समाजवाद वा समाजवाद डेमोक्रेटको नारा मान्नु भयो । सर्वहारा समाजवाद कम्युनिष्टको हुन्छ भनी घोषणा पत्रमा उल्लेख छ । नेपाल कम्युनिष्ट पार्टीको एकीकृत जनक्रान्तीले वैज्ञानिक समाजवादी व्यवस्थाको लागि लडेको छ । नेपालका माओवादीहरु आत्मसम्पर्ण गरी वुर्जुवा समाजवादको पक्षमा उभिएका सामाजिक साम्राज्यवादी–सामाजिक जनवादमा पल्टिए ।
मालेमावाद,नयाँ जनवाद,माओवादी जनयुद्ध सर्वहारा अन्तराष्ट्रिय समिति संग सर्वहारा वैज्ञानिक समाजवाद सम्बन्धीत छ,अरुहरु वुर्जुवा समाजवादी हुन् । नयाँ जनवाद, सर्वहारा अधिनायकत्व साम्यवाद सर्वहारा,श्रमजिवि शृंखला हुन् । समाजवादीहरुले वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनाका लागि आन्दोलन उठाउने कुरा सही छ । प्रति साम्यवादीहरुले साम्यवादी संगठन गरे कार्यकर्ता फसे,निस्केर साम्यवादी–माओवादी पार्टीमा आउ भन्ने कुराको हामी निन्दा र भत्सर्ना गर्दछौं । शान्तिपूर्ण तरिकाले संसदीय व्यवस्थामा फर्क,उक्त व्यवस्थाको एउटा अंगका लागि निर्वाचनमा आउ,दल दर्ता गर,बनिबनाउ अरुले स्थापना गरिदिएको व्यवस्थाको एउटा अंगको लागि निर्वाचनमा सहभागि भई लड, स्वीकार गर भने कुरा अस्वीकार्य छ ।

आम मताधिकार अर्थात जनाधिकार मार्फत वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन मालेमावाद कै कोर्ष मानिन्छ । आजको भूमण्डलीय उत्तर साम्राज्यवादी युगमा तारक युद्धको अवधीमा इम्फरमेशन टेक्नोलोजीको समयमा एन्टीकाउन्टर श्रमिक मजदुरहरुको पहिचान नगरी,संगठित नगरी, गोलबन्द नगरी बुढापाकाले बिरालो बाँधेर सराद्द गरे झैँ हो,जसलाई हामी मालेमावादहरुले वुर्जुवा नोकरशाही दलाल चरित्रबाट आएको व्यवस्थालाई पहिचान गर्दै क्रान्तीकारी आन्दोलन सुसंगठित गर्दै समाजवादी शिविरहरु खडा गर्ने दिशामा लम्किने हामी कम्युनिस्ट/क्रान्तीकारीहरुको दायित्व हो ।
लेखक: जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार