तुलसीपुर-७ स्वतन्त्र वडा अध्यक्षका उम्मेदवार किरण डागीको नेतृत्वमा मतदान स्थल सरसफाइ(फोटोफिचर)

डेली न्युजराप्ती       ३१ बैशाख २०७९ १८:२६ मा प्रकाशित     384 No Comments


बैशाख ३१,तुलसीपुर। तुलसीपुर-७ स्वतन्त्र वडा अध्यक्षका उम्मेदवार भिम बहादुर डागी(किरण)को नेतृत्वमा मतदान स्थलको सरसफाइ गरिएको छ।

आज शनिबार तुलसीपुर-७ माबी कालाखोलाको मतदान स्थल सरसफाइ गरिएको हो।
बेवारिसे अवस्थामा छाडिएको मतदान स्थलमा रहेका प्लास्टिक,पानीका बोतल,मतदानका लागि गाडिएका काठहरु,फोहोरमैला व्यवस्थापन गरिएको स्वतन्त्र वडा अध्यक्ष पदका उम्मेदवार किरण डागिले बताउनुभयो।

नेकपाको समर्थनमा तुलसीपुर-७ बाट स्वतन्त्र वडा अध्यक्ष पदका उम्मेदवार भिम बहादुर डागी(किरण) को नेतृत्वमा करिव २०/२५ जना जनसमुदायको सहभागितामा सरसफाइ गरिएको हो।

सरसफाइको नेतृत्व गरिरहेका स्वतन्त्र वडा अध्यक्ष पदका उम्मेदवार भिम बहादुर डागी(किरण)ले न्यूजराप्तीसंगको सम्बादमा भन्नुभयो– ‘निर्वाचन सम्पन्न भएपछि मतदान स्थल बेवारिसे अवस्थामा छाडिएको देखेपछी सरसफाइ गर्न लागेका हौं। मतदान स्थल बिधालय भएको कारणले पनि सरसफाइ गर्न आवश्यक ठानेर पहलकदमी लिएका हौं।’

सरसफाइ कार्यक्रममा सहभागी माबी कालाखोलाका लेखापाल मित्रलाल खनालले मतदान स्थल सरसफाइ गर्ने काम,आर्थिक व्यवस्थापन सबै निर्वाचन अधिकृतको भएपनी अधिकृतहरुले बिधालय संचालन भएपछी बिद्यार्थीहरुले सफाई गर्छन भन्ने जस्ता गैरजिम्मेवारीपुर्ण अभिव्यक्ति दिएको बताउनुभयो।
निर्वाचन सम्पन्न भइसकेपछि कसैलेपनी सरसफाइतिर ध्यान नदिएर मतपरिणामको पर्खाइमा बसेको भएपनी स्वतन्त्र उम्मेदवार किरण डागिको नेतृत्वमा सरसफाइ भएकोप्रती लेखापाल खनालले धन्यवाद ज्ञापन गर्नुभएको हो।

तुलसीपुर-७ बाट स्वतन्त्र वडा अध्यक्ष पदका उम्मेदवार भिम बहादुर डागी(किरण) पुतली चुनाव चिन्ह सहित निर्वाचनमा होमिनुभएको हो।

फोटोफिचर:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार