सल्यानमा काँग्रेसको विजयी उत्सव मनाउने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु, १४ जना घाइते

डेली न्युजराप्ती       २ जेष्ठ २०७९ १५:५१ मा प्रकाशित     237 No Comments

तुलसीपुर, २ जेठ । सल्यानमा नेपाली कांग्रेसको विजयी उत्सव मनाउने क्रमममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ घने १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको कुमाख गाउँपालिका–१ निबासी २६ बर्षका लोकेन्द्र राना र २३ बर्षका गोपाल बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

त्यसैगरी सोही गाउँपालिकाका–४ निबासी १६ बर्षका विनोद बुढा, १६ बर्षका निखील विक, १५ बर्षका लिलामणी बुढाथोकी, १६ बर्षका प्रकाश बुढाथोकी, १४ बर्षका बिराज बुढाथोकी, १३ बर्षका सोलन बुढाथोकी, १५ बर्षका हेमन्त बुढाथोकी, १३ बर्षका डिल्ली राना, १४ बर्षका प्रकाश शाह, १७ बर्षका हेमन्त विक, २१ बर्षका नबिन रावत, १६ बर्षक हिमाल राना, रकुम पश्चिम चौरजहारीनगरपालिका १ निबासी १९ बर्षका गोविन्द विक घाइते भएको प्रनाउ खड्काले बताउनुभयो ।

घाइतेहरुको रुकुमको चौरजहारी मिशन अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्य विनोदको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । बस चालक फरार रहेको उनको खोजी कार्य तिब्र पारिएको छ । सल्यानको खलंगाबाट प्रहरी नायव निरीक्षक ऋषीराम दहालको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।
कुमाख गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित हुुनुभएका मानबहादुर बुढाथोकीको विजयी उत्सवका लागि बस्नेतज्युलाबाट राँगेचौरतर्फ जाँदै गरेको ना५ख८०६०नम्बरको बसको छतमा विद्युतपोलको तारले छुँदा करेन्ट लागेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार