सुदर्शनलाई नेता आदर्शको प्रश्न‘अन्नपूर्ण होटलबाट ल्याएको ५० लाख फिर्ता गर्नुपर्दैन’?

डेली न्युजराप्ती       ७ श्रावण २०७९ १०:०२ मा प्रकाशित     1283 No Comments


साउन ७,दाङ। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चुडामणी वली(आदर्श)ले हेमन्त प्रकाश वली(सुदर्शन)लाई पार्टीमा रहँदा हिनामिना गरेको पैसा फिर्ता गर्न आग्रह गरेका छन।
नेता आदर्शले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै अन्नपूर्ण होटलबाट लिएको ५० लाख पैसा पार्टीलाई फिर्ता गर्न आग्रह गरेका हुन। साथै नेता आदर्शले नेपाल आयल निगमका तत्कालीन महानिर्देशक गोपाल खड्काबाट हेमन्तप्रकाश ओली (सुदर्शन)ले अनाधिकृत रुपमा लिएको पैसा फिर्ता गर्न पनि अनुरोध गरेका छन् ।

कार्वाही भोग्ने स्थिति आएपछि पार्टीबाट केही समयअघि मात्र बाहिरिएका हेमन्तप्रकाश-धर्मेन्द्र बास्तोलाहरुलाई नेता आदर्शले अराजकहरुको झुण्डको रुपमा लिएका छन् ।
नेकपा नेता आदर्शले पार्टी अनुशासन नमान्ने, आर्थिक अराजक बन्ने, गुट खडा गर्ने र झुठको सहारा बोकेर कथित पार्टी बनाउन गएको भन्दैं यस्तो क्रियाकलाप कम्युनिस्ट चरित्र नभएको उनको भनाई छ ।

नेता आदर्शले फेसबुकमा लेखेका छन्- ‘धर्मेन्द्र-हेमन्तको गुट अनावश्यक कुलतमा फस्ने,आर्थिक अराजक बन्ने, कम्युनिस्ट पार्टीको अनुसासन नमान्ने,आफैले पास गरेका निर्नयहरु लागू नगर्ने, गुट गर्ने, झुट्टा प्रचार गर्ने र पार्टी सम्म फुटाउने जो गरियो त्यो विचारमा विचलन नै हो। मान्छेले लाज पचायो भने जस्तो गर्न पनि तैयार हुने रहेछन्।’

‘अन्नपूर्ण होटलबाट पचास लाख किन ल्यायको फिर्ता गर्नु पर्दैन ? अरे पार्टी, देश,सत्ता चलाउछु भन्ने दिउसै चोर्न पस्ने कसले पत्याउने यस्तो कुरा ?’ नेता आदर्शले भनेका छन्- ‘गोपाल खड्काबाट पैसा किन लिएको? धर्मेन्द्र र सुदर्शन कमरेड पार्टी खोल्नु अधिकारको कुरा हो। इमान्दार त हुनुपर्यो नि!चित्त बुझ्दैन भने जनता भेला गरौ र छ्लफल गरौ। एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद ल्याउन आशा र अपेक्षाका साथ अघि बढौ।’

यस्तो छ आदर्शको फेसबुक स्टाटस:
आफ्नो देशको बारेमा नेपालका नेताहरू किन जिम्मेवार बन्न सकेनन् ? यो दुृृृर्भाग्य हो । राणा, राजा, कांग्रेस, एमाले र प्रचण्डसम्म आईपुग्दा एकपछि अर्को रास्ट्रघात, जनघात, महङगी, भ्रष्टाचार, अनुत्पादन र परनिर्भरताका कारण हाम्रो देश युगौ युगसम्म दुख पाइरहेको छ। इतिहासले यस्तो देखाउछ कि सत्तामा पुगन नेताहरू आफ्ना विदेशी मालिक कहाँ पुग्छन् र आफ्नो देशका काम गरेर खाने गरिब निर्दोष जनतालाई मालिकको आदेशमा दमन गर्दछन् । एकपटक नेपाली जनताले नेपालमा आफ्नो सत्ता प्राप्त गर्न राम्रो मेहेनतकासाथ अगाडि बढ्नुपर्छ । अनावश्यक कुलतमा फस्ने, आर्थिक अराजक बन्ने, कम्युनिस्ट पार्टीको अनुशासन नमान्ने, आफैले पास गरेका निर्नयहरु लागू नगर्ने, गुट गर्ने, झुट्टा प्रचार गर्ने र पार्टीसम्म फुटाउने जो गरियो त्यो विचारमा विचलन नै हो। मान्छेले लाज पचायो भने जस्तो गर्न पनि तैयार हुने रहेछन्। अन्नपूर्ण होटलबाट पचास लाख किन ल्याएको ? फिर्ता गर्नु पर्दैन ? अरे पार्टी, देश, सत्ता चलाउछु भन्ने दिउसै चोर्न पस्ने श्र कसले पत्याउने यस्तो कुरा ? गोपाल खड्काबाट पैसा किन लिएको ? धर्मेन्द्र र सुदर्शन कमरेड पार्टी खोल्नु अधिकारको कुरा हो। इमान्दार त हुनुपर्यो नि, चित्त बुझ्दैन भने जनता भेला गरौ छ्लफल गरौ। एकीकृत जनक्रान्तिमार्फत वैंज्ञानिक समाजवाद ल्याउने आशा र अपेक्षाका साथ अघि बढौं ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार