आठौँ महाधिवेशनका पाँच वर्ष : संक्षिप्त चर्चा

डेली न्युजराप्ती       ९ श्रावण २०७९ २३:१९ मा प्रकाशित     142 No Comments

विचार: अनिल शर्मा
नेपाल कम्युनिस्ट पार्टी ९औँ महाधिवेशनको तयारीमा जुटेको छ । विगतको सिंहावलोकन ( सिंहको जस्तो हेराई ) र भविष्यको यात्रा तय गर्ने अवसर हो । सोही अधिवेशन सन्दर्भमा संक्षिप्तमा चर्चा गर्ने प्रयास गरिएको छ ।

१) सङ्घर्ष (जनसंघर्ष – वर्ग सङ्घर्ष)

९औं महाधिवेशन सम्पन्न भएलगत्तै र त्यसअघि पनि हाम्रो पार्टी विभिन्न जनसङ्घर्ष र वर्गसङ्घर्षमा सहभागी थियो । यसविचमा भएका सङ्घर्षमा विराटनगरमा भएको भारतको अवैध वाणिज्य दुतावास हटाउने सङ्घर्ष सवैभन्दा महत्वपूर्ण र उपलब्धिपूर्ण थियो । वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र सरकारले पटक–पटक ताकेता गर्दा पनि नहटेको सो कार्यालय नेकपाको चरणवद्ध सङ्घर्षपछि व्यापक दमन गर्ने की हटाउने ? एउटा निर्णयमा पुग्नै पर्ने वाध्यता भयो । पेचिलो राष्ट्रियताको मुद्दा भएकोले सत्तारुढ पार्टीका कार्यकर्ता र स्थानिय संचार माध्यमको समर्थनपछि भारत सरकार उक्त अवैध कार्यालय हटाउन बाध्य भयो । कोसीवाढी नियन्त्रण र सवारी साधनको अस्थायी सहजीकरण गर्न बसेको सो कार्यालय अवैध रुपले समय–सिमा सकिंदा पनि उठेको थिएन । यो सङ्घर्ष र सफलताले अन्तरविरोधको कमजोर कडीं कसरी पत्ता लगाउने भन्ने शिक्षा दिएको छ । पुर्वको पार्टी र कोसी मूलतः मोरङ पार्टीको उक्त सङ्घर्षमा विशेष पहलकदमी थियो ।

सङ्घर्षका कार्यक्रमहरुमध्ये अरुण–३ विरुद्धको सङ्घर्ष उच्च महत्वको थियो । यो सङ्घर्षमा संखुवासभा जिल्ला पार्टी र कोसी व्यूरोको विशेष पहलकदमी थियो भने भोजपुर जिल्लाको महत्वपूर्ण भुमिका रहन्थ्यो । यो सङ्घर्षले भारतीय अधिकारीहरु र जलश्रोत मन्त्रालयलाईसमेत चुनौती भएको थियो भने देश भक्त शक्तिहरुको मनोवल उठाएको थियो । जसको प्रभाव देशव्यापी परेको कुरा सरकारले नेकपाका सबै उच्च तहका नेताहरु विरुद्ध अरुण–३ को मुद्दा दायर गर्नुले पनि अरुण–३ विरुद्धको प्रतिरोधको गुरुत्व वुभ्mन सकिन्छ । त्यसैगरी भोजपुर संखुवासभा र मोरङमा भएका प्रहरी अपरेशन र प्रतिरोध महत्वपूर्ण थिए ।
संसद (संघिय) र प्रदेशको चुनावमा भोजपुर र उदयपुरमा भएका प्रतिरोधहरु प्रतिनिधिमुलक थिए । त्यसैगरी नुवाकोट र रोल्पामा पनि ठुला – ठुला प्रतिरोधहरु भए । सङ्घर्षहरुमा झापा, दमक ७ मा भएको सुकुमवासी विस्थापित गर्ने अभियुक्त विरुद्धको वम विष्फोट र केही दिनपछि नगरपालिका प्रमुख (मेयर) माथी कारवाही भएको थियो । ती कारवाहीहरुपछि झापा प्रशासनले वैकल्पिक व्यवस्था नगरी सुकुमवासीहरुलाई बसेको थात–थलोबाट विस्थापित नगर्ने निर्णय गर्न वाध्य भएको थियो । यो पनि एउटा सफल सङ्घर्ष थियो । त्यसैगरी २०६२ सालसम्म स्थानिय सुदखोर (सामन्तवादी शोषण) हरु २०५२ पछि रुप फेर्दै २०६२ पछि वित्तिय वा सहकारी वित्तिय संस्थाको रुपमा उदाएका छन् । जसले सामन्ति सुदखोरीहरुलाई वैधानिकीकरण गरेका छन् । तिनैमध्ये झापा, मोरङ, सुनसरी,ईलामलगायत जिल्लाहरुमा ‘जीवन विकास वित्तिय संस्था’ नामक सुदखोरले १७ प्रतिशतसम्म व्याज, चक्रवृत्ति व्याज लिन्थ्यो । त्यस विरुद्ध सङ्घर्ष भएपछि सो संस्थाले २ प्रतिशत व्याज घटाएको थियो । कारबाही गर्दा संस्थाको कार्यालयमा भएको लाखौं रकम केहि नगरी छोडेका कारण प्रहरी, संस्थाका कर्मचारी र स्थानीय जनता चकित परेका थिए । त्यसले झापा पार्टीलाई ठुलो नैतिक बल र लोकप्रीयता प्राप्त भएको थियो । धनुषामा भएको सूदखोर विरोधी सङ्घर्ष, हत्यारा तथा तस्कर भरत थापा विरोधी सङ्घर्ष र सागरनाथ वन परियोजनाको नाममा भएको सार्वजनिक जग्गामा दशकौंदेखि बसेका सुकुमबासीको उठिबास गराउने स्थानीय प्रशासन, वन विभाग र दलाल पार्टीहरु विरुद्धको लगातारको सङ्घर्ष अनुकरणीय थिए । सो सङ्घर्षको नेतृत्व गरेको र उदियमान नेतृत्वलाई निषेध गर्ने उद्देश्य नै जिल्ला नेता कुमार पौडेललाई ओली सरकारले हत्या गरेको थियो । कैलालीमा भएको सुकुमबासी सङ्घर्ष उल्लेख्य छन् । त्यसै गरी कर छलि, एकाधिकार कायम गर्ने षड्यन्त्र र उप–भोक्ता ठगीमा संलग्न टेलिफोन सेवा प्रदायक बहु राष्ट्रिय कम्पनी एनसेल विरुद्धको सङ्घर्षले जनप्रतिरोधको स्वरुप ग्रहण ग¥यो । त्यो सङ्घर्षमा एनसेलको एकान्तकुनामा भएको कारबाहीमा मानविय क्षति भयो ।
सङ्घर्षका कार्यक्रमहरुमध्ये माथिल्लो कर्णाली विरुद्धको सङ्घर्ष पनि उल्लेख्य छ । त्यसै गरी स्वास्थ माफिया विरुद्ध चिकित्सा क्षेत्रका विद्यार्थीको चितवन र पर्सामा भएका सङ्घर्षहरु नमुना र लोकप्रीय रहे । काठमाडौंमा लोकमानसिंह कार्की विरुद्धको कारबाही पनि उल्लेख्य थियो । ललिता निवास जग्गा प्रकरण र कपिलवस्तुमा भएको गुण्डागर्दी विरुद्ध प्रतिरोध निकै महत्वपूर्ण थिए । सुरक्षण छपाई यन्त्र (security printing press) खरिदमा भएको भ्रष्टाचार, ठुलो आकारको जहाज (waidbody plain) खरिद प्रकरण, महिला हिंसा, जातीय हिंसा, मानव तस्कर विरोधी सङ्घर्ष उल्लेख्य छन् । त्यसैगरी जनजिविकाको विरुद्ध भएका सरकार उसको संरक्षणमा भएका महङ्गी, कालो बजारी, तस्करी, वन विनास, सार्वजनिक सम्पतिको लुटपाट, आदिबासी समुदाय विरुद्धका ज्यादतीको विरुद्ध सङ्घर्षहरु भएका छन् । त्यसमध्ये आयल निगमले गरेका नाजायज मुल्य वृद्धिको विरुद्ध निरन्तर सङ्घर्षहरु भएका छन् ।
नेकपालाई राष्ट्रिय स्वाधीनताको पहरेदारको रुपमा धेरैले वुुझ्ने गरेका छन् । भारत र चीनको विचमा मानसरोबर जाने बाटो लिपुलेकको विषयमा दुईदेशीय समझदारी भयो । नेपाली भु–भागको विषयमा यी दुई देशविचको समझदारी नेपालको सार्वभौमिकताको विरुद्ध अतिक्रमण थियो । त्यसको विरुद्ध हाम्रो पार्टीले नेपाल बन्दसहित जनसङघर्षको नेतृत्व ग¥यो । जनप्रतिरोधको कारण चीन सरकार उक्त सहमतीबाट हटेको छ । त्यसै गरी कालापानीमा भारतीय सेनाको अतिक्रमणको विरुद्ध हाम्रो पार्टी निरन्तर सङ्घर्षमा छ । सप्तरी ,तिलाठी र कञ्चनपुरमा (गोविन्द गौतमको हत्या) भारतीय अर्ध सैन्य बलको ज्यादती, दार्चूुलामा तुइनको लठ्ठा काटेर नेपालीको हत्या, विराटनगर, बर्दियालगायत भारतीय सुरक्षाक्रर्मीको घुसपैठको विरुद्ध निरन्तर सङ्घर्षको नेतृत्व गर्दै आयो ।

२) निमार्ण तथा उत्पादन कार्य

चीनमा महान सर्वहारा सांस्कृतिक क्रान्ति चलिरहेको समयमा संशोधनवादीहरुले धनी हुनु ‘गौरवको कुरा हो’ नारा मार्फत भ्रष्टाचार गर्न, शोषण गर्न र वैचारिक रुपले ‘मिलेरांवाद’लागू गर्न प्रोत्साहित गरिरहेका थिए । जसरी प्रचन्ड र ओलीहरुले गरिरहेका छन् । तर त्यसको विरुद्ध अध्यक्ष माओले ‘जनताको सेवा गर’ भन्ने नारा दिनु भयो । आर्थिक काम शोषण नगरी बाँच्न र समाजको सेवा गर्न गर्नुपर्ने हो , धनी हुने उद्देश्यले गरिन्छ भने त्यसप्रकारको आर्थिक कार्य शोषणको उद्देश्य रहन्छ भन्ने माओको सोचाई थियो । हाम्रो पार्टीले क्रान्तिको प्रारम्भदेखि नै निर्माण र उत्पादनको काम गर्दै आएको छ ।

८ औँ महाधिवेशनमा नै हामीले थवाङमा पार्टी र स्थानीय जनताको श्रमदानमा आफ्नै पौरखको सामुदायिक भवनमा सम्पन गरेका थियौँ । त्यसप्रकारको निर्माणको कामलाई हरेक बैठकमा प्राथमिक कार्यसुचीमा राखिएको छ । त्यसक्रममा ताप्लेजुङको हेल्लोक, सिन्धुली शिरदमारमा समाजघर निर्माणको काम शुरु गरिए । तर हाल ती काम विभिन्न कारणले मुल्तविमा परेका छन् । सर्लाहीमा चित्रबहादुर आले र उदयपुर, कटारी–१० मा पुराना बामपन्थी नेता पुर्णबहादुर खत्री ‘खेताला’को निवास र इलाम, माईनगरपालिका, पितली बजारमा सहिद स्मुति चौतारी निर्माण भएका छन् । झापा,केचना दक्षिण, मेची नदी किनारमा केहि जग्गा खरिद गर्ने र उत्पादन, आवास र देशभक्ति आन्दोलनको नमुना गाँउ बनाउने उद्देश्यले अनिल शर्मा, भेषराज भुसाल र तारा थापाले पटक–पटक अध्ययन गरियो । पार्टी मुख्यालयको निर्देशनमा भएको त्यो काम प्रतिबन्धको कारण अघि बढाउन सकिएन । त्यसै गरी चितवन, राप्ती न.पा., ओनेवाङमा भव्य चौतारी निमार्ण गरियो । धादिङ, च्यात्रामा विद्यायल भवन निर्माण गरियो । कपिलवस्तु,शिवराज न.पा.मा पार्टीको कार्यालयसहित बहुउद्देश्यीय भवन, अस्पताल र महासचिव आवास निर्माण भएको छ । आफ्नो आवासको व्यवस्था नभएका नेता, अग्रज र कार्यकर्ताको व्यावस्थापन गर्दै जाने पार्टी नीति छ । जसअनुसार १३ औं बैठकले सामना परिवारमा क्रियाशील एकजनाको आवास बनाउने निर्णय भएको छ । यस्ता निर्माण कार्य देश भरि भएका छन् । अर्कोतिर हरेक जिल्ला, पार्टी र पार्टी सदस्य आर्थिक उत्पादन र श्रममा भाग लिनुपर्ने निर्देशिका जारी भएको छ । उत्पादन र निर्माण कामको नेत्तुव महासचिवले नै गर्नुभएको छ र यो काम आदत र संस्कृतिकको रुपमा विकास भएपछि तल्ला समितिले स्वतः गर्दै जान सक्छन् । तर तत्काल निर्णय र निर्देशन गर्दैमा यो काम हुन सक्ने सम्भावना छैन ।
कालीकोटमा पार्टी प्रवक्ता कै नेत्तुवमा समाजघर र बाटो निर्माण गरिरहेको छ । उत्पादन कार्यले देशव्यापी रुप लिएको छ । कञ्चन , सुर्दशनसहित पार्टीको लुम्पेन (लम्पट) प्रवृतिले निर्माण र उत्पादन कार्यलाई बुझ्न सकेन । यो समस्या मुुलत : वैचारिक समस्या हो ।

३) जनसेवा तथा उद्धार कार्य

  २०७२ सालको भुकम्पले चौपाया, पक्षी र फोहोर उठ्न नसकेको कारण महामारीको कारण त्रासदी थियो । त्यस्तो अवस्थामा महासचिवको नेत्तुवमा गंगोबु केन्दि«य वस विसौनीबाट शुरु गरेर फोहोर उठाउने कार्य सहरभरि गरियो । महानगरले वाहन, औजार र चुन सहयोग ग¥यो । त्यसलगतै पार्टी उद्धार तथा राहत कार्यमा जुट्यो । काठमाडौं, ललितपुर, भक्क्तपुर, नुवाकोट, सिन्धुपाल्चोक, रामेछापमा नेत्तुव आफै खट्नु सामान्य विषय थिएन । रामेछापमा बैशाख २९ गतेको परकम्पमा इन्द« श्रेष्ठ गम्भीर घाइते बन्नु भयो । देशभरिबाट खाद्यान्न, कपडा र जनशक्ति उपलब्ध गराइयो । 

जनस्वास्थयकर्मी संघले देशका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन ग¥यो । पुजीँवादको सह उत्पादनको रुपमा आएको कोभिड–१९ को रोकथाममा जनचेतना बदाउने, राहत वितरण गर्ने, स्वास्थ्य सामाग्री वितरण गर्ने कार्य अभियानको रुपमा सञ्चालन भए । सहर सफाई अभियान देशभरि युवा, विद्यार्थी र स्वास्थ्यकर्मीले सञ्चालन गरे । वाढीपिडितको उद्धार र राहत वितरणलाई निरन्तरता दिइयो ।
४) वैचारिक – राजनितीक कार्य
कम्युनिस्ट पार्टी भनेको विचार श्रृङखला र नेता–कार्यकर्ताको श्रृङ्खलाबद्ध संरचना निर्माण गर्ने हो । पार्टीको स्कुलिङ विभागले यो कामको नेतृत्व ग¥यो । देशभरि विभिन्न स्तरमा अध्ययन कार्यशालाहरु सञ्चालन गरिए ।

वैचारिक कामकै क्रममा यसबिचमा चार अङक मुखपत्र (जनक्रान्ति, १–४) र मासिक बुलेटिन प्रकाशित भए । महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, शिलु, चिरन पुन, सन्तोष बुढालगायत कमरेडहरुका पुस्तकहरु प्रकाशित भए । पूर्वी कमाण्डबाट ‘रातो सुखानीे’ नारायणी व्युरोबाट अर्को मोर्चा लुम्विनीबाट लाल दिशा, पश्चिमबाट सैपाललगायत प्रकाशनहरु भए । जनवर्गिय र मोर्चा सङगठनले मुखपत्र तथा बुलेटिनमार्फत विचार, राजनिती र सुचना सम्प्रेषण गरिरहे । ‘जहाँ सूचना, त्यही चेतना’ भन्ने भनाईलाई पार्टीको प्रकाशन विभागले अगाडि बढायो । त्यसैगरी ८आँै महाधिवेशनको विधान–प्रतिवेदन र आर्थिक नीति विषयक पुस्तक–पुस्तिकाहरु प्र्रकाशित भए । पार्टी, जबस, मोर्चा र नीजि पहलकदमीमा समेत प्रकाशनका कामहरु भए । विभिन्न सङ्गठनले कालइन्द्र प्रकाशित गरे । आवश्यकता भन्दा धेरै पछाडि र न्युन भएपनि यो मोर्चाबाट पनि लडाई जारी राखियो ।

५ साहित्य, कला र सांस्कृतिक कार्य

जनसांस्कृतिक महासंघले यसको नेतृत्व गयो जसमा सामना परिवार अग्रमोर्चामा खट्यो । महासचिव, चिरन पुन, माइला लामा, आरोहलगायत गीत, सङगितले जनचेतना उठाउने कार्य गरे । अनिल शर्मा, माइला लामा, शोभा दुलाल, खोमा तराजु, उमा भुजेलका साहित्यक कृतिहरु प्र्रकाशित भए । बुद्धिजीवीहरु पार्टीका विचारबाट प्रभावित भएर सङ्गठित हुन्छन भने सर्वसाधारण जनता जनसेवा र भावनात्मक पक्षबाट सङ्गठित हुन्छन ।

विचारबाट प्रभावितहरुलाई व्यवहारमा लैजानुपर्छ भने जनतालाई ( भावनाबाट नजिकिएका ) वैचारिकीकरण गर्नुपर्छ । यस अर्थमा कला–साहत्यिको महत्वपूर्ण स्थान हुन्छ । लेखक संघले कविता सङ्ग्रह प्रकाशित गरेको छ । कपिलवस्तुमा सहिद स्मृति पार्क निर्माणधीन छ । यद्यपी कला क्षेत्रमा भने उचित ध्यान जान सकेको छैन् । पुस्तक समीक्षा, विचार गोष्ठी,समालोचना, कवि गोष्ठीका कामहरु निरन्तर भइरेका छन् । विदेशी साहित्यको अनुवाद गरेर विश्वको ज्ञान नेपाली भाषामा फैलाउने कार्य अपवादबाहेक शुन्य छ । वैज्ञानिक समाजवाद कार्यनीतिको पक्षमा जनमत निर्माण गर्ने कार्यमा बुद्धिजीवी सङ्गठनको देशव्यापी विचार मन्थन र मुखपत्रले महत्वपूर्ण कार्य गरे । यसैप्रकारको कार्यमा पार्टी निकट जबसहरु क्रियाशील रहे । पार्टी प्रतिबन्ध लाग्दाको असहज परिस्थितिमा जनपत्रकार सङ्गठन र कानुनी मोर्चाले विशिष्ट भूमिका निर्वाह गरेका थिए ।
८औ महाधिवेशनको सन्दर्भ पारेर पार्टीले आम सामाजिक चेतना उठाउन र निरङकुशता विरुद्धको विद्रोहको पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्ण विराम, रायन र खुशीराम पाख्रिनलाई अभिनन्दन गरेको थियो । हाम्रो पार्टीको पहलकदमीमा हालै ‘संगीत अभियात्रा’ गठन गरी संयुक्त कार्यक्रमको थालनी गरिएको छ । यो मोर्चाले सांस्कृतिक, साङगितिक मोर्चामा कार्यगत एकताको नेतृत्व गर्ने छ । त्यसैगरि हामीले प्रलेसबाट आफूलाई अलग–पृृथक गरेका छौँ र यो क्षेत्रमा संयुक्त मोर्चाको लागी छलफल जारी छ । अर्थात साहित्य र कला विचारधारात्मक सङ्घर्षको भिन्न र जटिल मोर्चा भएको कारण यो क्षेत्रमा पनि एकल र संयुक्त सङ्घर्षको प्रयास भइरहेको छ ।

६) चुनौती र बलिदान
आठौ महाधिवेशन देखी ९औ महाधिवेशनको बिचमा सर्लाही इंंंञ्चार्जसहित १२ जना कमरेडहरुको सहादत भएको छ । यो निकै ठूलो बलिदान हो । त्यसैगरी पार्टी प्रवक्ता प्रकाण्ड, अनिल शर्मा, उमा भुजेल, भरत बम, माइला लामा, प्रज्वलन, बन्धु चन्द, दीपेश राई, सुमन सिंह, आर्दशसहित एक हजार भन्दा बढी नेता कार्यकर्ता गिरफतार गरिए झुठा मुद्धा लगाइए र बन्दी बनाइए । अझसम्म पनि ३३ जना कमरेडहरु विभिन्न जिल्लामा बन्दी हुनु हुन्छ । यसबिचमा बन्दी रिहा गर्ने र झुठा मुद्दा खारेज गर्ने सहमती राज्यले कार्यन्वयन गरेको छैन । जसको कारण वार्ता प्रक्रिया नै अवरुद्ध भएको छ ।
यसै अवधिमा केन्द्रिय सदस्यहरु विरजङ, सविता सिंह र मकरध्वज गुरुङको दःुखद निधन भयो । सङ्घर्षको क्रममा प्रकाण्ड, इन्द्र श्रेष्ठ, आरोह, महेन्द्र तामाङ, विदुषी, नवराज भट्राईसहित दर्जनौ कमरेडहरु घाइते भए । पार्टीले प्रतिरोध, बलिदान र विजयको सर्वहारा वर्गिय संस्कृतिलाई अर्थात जनयुद्धले निर्माण गरेको नयाँ परम्परालाई जारी राख्यो ।
७ सीमा र समस्या
यो बिचमा विचारधारात्मक क्षेत्रमा गम्भीर समस्या देखा प¥यो । क्रान्तिकारी नीति लिने, बलपूर्वक पुरानो सत्ता विघटन गर्ने नीति लिएको पार्टीमा रहने र समाजवादी सत्ता निर्माणको बाटो लिने तर गिरफ्तार हुनासाथ आत्मसमर्पण गर्ने, रोइकराई गर्ने समस्याहरु देखा परे । सजिलो र संसदीय कार्यनीतिबाट नै क्र्रान्ति हुन्छ भनेर उनीहरु यो पार्टीमा आएका थिए ? यो वैचारिक प्रश्न नै हो । गिरफतार हुना साथ पिविएमहरु जिवन्त र पदम राईले आत्मसमर्पण गरे । किरण राई आत्मसमर्पण गरेर बाहिर निस्के । पक्राउ गराउँदै हिडने समस्याहरु देखापरे । घुसपैठका गम्भीर समस्याहरु देखिए । सामान्य दबाव झेल्न पनि नसक्ने प्रवृतिहरु देखा परे । स्थायी समिति सदस्य सुदर्शन नै रिहा हुनको लागी रोइकराई गर्ने, मलाई छुटाउन महासचिव नै वार्ता टोलीमा बस्नु प¥यो भन्ने, रिहा हुन पाइन्छ कि भन्ने मनशायले मलाई नै वार्ता टोलीमा राख्नुस् भन्ने गरे । यो गैरसर्वहारा प्रवृत्ति धेरैथोरै देशव्यापी रुपमा देखा परे । यसप्रकारको ढकालटार प्रवृत्ति अर्को समस्या बन्यो ।
जेल नीतिमा पनि समस्याहरु देखा परे । दुश्मनको कब्जामा बसेर बाहिर पार्टी चलाउन खोज्ने समस्याहरु देखा परे । कानुनी सङ्घर्ष गर्ने, बयान दिने, अरुलाई बचाउने सन्दर्भमा प्र्रशिक्षणको अभाव देखाप¥यो । कुनै पनि बेला दुश्मनको कब्जामा पर्न सकिन्छ भनेर मानसिक तयारी नगर्दा गिरफ्तार हुनासाथ आकासै खस्यो, सर्वस्वगुम्यो भन्ठान्ने प्रवृत्तिले हडबडाहट र पलायन गराउन सक्थ्यो । कानुन र अधिकारकर्मीहरुले गरेका दःुख–कष्टलाई मूल्यहीन ठान्ने व्यक्तिवाद नेतृत्वका बन्दीहरुमा नै प्रकट भए ।
सारांशः हामी महाधिवेशनको संघारमा छौ । यो समय विगतको समीक्षा गर्ने, दुर्बलता घटाउने र सबलतालाई बढाउन प्रतिबद्धता गर्ने समय हो । एमसीसीसहित राष्ट्रिय स्वाधीनता, पश्चगमन र महङ्गी तथा जनपक्षिय सङ्घर्षको नेतृत्व गर्दै हामी यहाँसम्म आएका छौँ । विचार, राजनीति र सङ्घर्षलाई अझ उचाइमा उठाउँने र त्यसअनुसारको सङ्गठनात्मक तयारी गर्न आवश्यक छ । महाधिवेशन त्यसको लागि अवसर हो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार