बुर्जुवा व्यवस्थाको निर्वाचनको क्रान्तिकारी प्रयोग

डेली न्युजराप्ती       १३ बैशाख २०७९ ०८:१८ मा प्रकाशित     288 No Comments

लेखक:भेषराज भुसाल

वैज्ञानिक समाजवादी क्रान्ति अनिवार्य छ । यो ऐतिहासिक कार्यभारबाट नेपाल कम्युनिस्ट पार्टी र यसको मूल नेतृत्व कत्ती पनि बिचलित भएको छैन र हुन पनि सक्दैन । नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय समितिको बाह्रौँ पूर्ण बैठकले सर्वसम्मत पारित गरेको दस्तावेजलार्ई अक्षरश अध्ययनपछि मात्र टिकाटिप्पणी गरौँ । एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत् दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी राज्य व्यवस्थाको स्थापना गरी राष्ट्रिय स्वाधीनतासहितको वर्गीय, जातीय, लैगिक र क्षेत्रीय उत्पीडनको अत्य गर्नु पार्टीको ऐतिहासिक कार्यभार हो । एकीकृत जनक्रान्तिको कार्यदिशा निर्माण गर्दा कसैको पनि विमती रहेको थिएन र अहिले पनि कसैले विमती राखेको पनि थाहा छैन । एकीकृत जनक्रान्तिका सातवटा विषेशता हामीले संष्लेषण गरेका छौ कि छैनौ ? त्यसमा शहर र गाउँलार्ई जोड्ने भनेको हो कि होइन ? नयाँ श्रमिक वर्गलार्ई अर्थात् मध्यम वर्गलाई जोड्ने भनेका छौ कि छैनौँ ? सबै क्षेत्रका देशभक्त शक्तिलार्ई जोड्ने भनेका छौ कि छैनौ ? यी लगायत सातवटै विशेषताअनुसार हाम्रा कामहरु पूरा गर्न सकेका छौ कि छैनौ ? यसका साथै राजनीतिक वैचारिक, साङ्गठनिक लगायतका छवटा तयारीहरु पूरा भएका छन्् छैनन् ? त्यसको जिम्मा लिने के पार्टीको महासचिवले मात्रै हो ? सम्पूर्ण सचिवालय सदस्य कमरेडहरु, सम्पूर्ण केन्द्रिय सदस्यहरू, सम्पूर्ण जिल्लाका सेक्रेटरीलगायतका कमरेडहरुको आ–आफ्नो हैसियतअनुसारको जिम्मेवारी हुन्छ कि हुँदैन ? उपरोक्त प्रश्नबारे गम्भीर आत्मसमीक्षा गर्ने कि नगर्ने ?

यदि उपरोक्त कामहरू पूरा भएका छन्् भन्ने निष्कर्षमा पुग्ने हाम्राअगाडी वस्तुगत आधार छन् भने दलाल पुँजीवादी संसदीय व्यवस्थाको स्थानीय निकायको निर्वाचनलार्ई खारेज गर्दैन सत्ताको निर्वाचनतर्फ लागौँ । यथार्थ के हो भने हामीले गर्नुपर्ने जिम्मेवारी आवश्यकताअनुसार पूरा गर्न सकेका छैनौ ।

यसैबीच साम्राज्यवादी अमेरिका नेपालका दलाहरुमार्फत् नेपाललार्ई आफ्नो सैन्य गठबन्धनमा सामेल गराउने र नेपाललार्ई आफ्नो नवउपनिवेशिक बनाइ उक्रेनलाई जस्तै बनाउन एमसीसीमार्फत् नेपालमा भित्रिसकेको अवस्था छ । साम्राज्यवादका विरुद्ध देशभक्तहरुको विशाल मोर्चा बनाउनु आवश्यक छ । उपरोक्त आवश्यकतलार्ई मध्यनजर गर्दै पार्टी दर्ता नगरिकन स्वतन्त्र रूपमा आवश्यकताअनुसार पार्टीका कार्यकर्ता पनि पठाउन सकिने र अन्य स्थानमा एमसीसी विरोधी देशभक्त स्वच्छ छवि भएका स्वतन्त्र उम्मेदवारलार्ई सहयोग गर्न जनतालार्ई अपिल गर्ने निर्णय केन्द्रिय समितिबाट सर्वसम्मत भएको होइन । प्रतिक्रियावादी निर्वाचनलार्ई क्रान्तिकारीहरुले कार्यानीति भन्ने बुझेका छौँ । नेपालको सिङ्गो कम्युनिस्ट आन्दोलनमा आजका मितिसम्म बुर्जुवा निर्वाचनलार्ई कार्यनीति नै मान्दै आएको छ । हाम्रै पार्टीको कुरा गर्दा पनि पार्टी पुनर्गठनदेखि बाह्रौँ पूर्ण बैठकसम्म कुनै नेताले पनि त्यसलाई रणनीति भनेर बहस गर्नु भएको छैन । तर, अहिले सञ्चार माध्यमबाट निर्वाचन रणनीति हो भन्ने व्याख्या गर्न खोजिँदै छ । यस्तो चेत केन्द्रिय समितिकै बैठकमा आउनु पथ्र्यो ।

निर्वाचन कर्यनीति सवाल नै हो । बुर्जुवा व्यवस्थाको निर्वाचनलार्ई बहिष्कार पनि गर्न सकिन्छ क्रान्तिकारी प्रयोग पनि गर्न सकिन्छ । त्यसको निर्णय तत्कालीन राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र क्रान्तिकारीहरुको आत्मगतस्थिति तथा जनताको अवस्था आदिको ठोस विश्लेषण गरी निर्णय गर्ने कुरा हो। अहिले गरेको निर्णय त्यही हो । यस विषयमा पार्टीभित्र अल्पमत र बहुमत भएकै थिएन । नेताहरूले झुठो कुरा नगरौ । पार्टी वैचारिक एकता हो । आधारभूत रुपमै विचार मिलेन भने मानिस अलग हुन सक्छ त्यो रोकेर रोकिने कुरा होइन । तर, विचार वा स्वार्थ ? मिल्दा सबै कुरा ठीक अलिकति स्वार्थ ? वा विचार ? मा धक्का लाग्दा तल्लो स्तरमा उत्रिएर तथानाम गालीगलोज नगरौं ।
उसले गाडी चढ्यो मैले पाइन, उसले घर बनायो मैले बनाउन पाइन भन्ने कुरा क्रान्तिकारी विचार हुन सक्दैन । केही बासै नभएका कमरेडहरुको सामान्य आवास बनाउने पार्टीको नीति नै रहेको छ, जसले अहिले यो आवास बनाएको कुराको बिरोध गरिरहनु भएको छ, छैठौं केन्द्रिय समितिको बैठकमा उहाँकै प्रस्तावमा एकजना केन्द्रिय सदस्यको आवास निर्माणको निम्ति निकासा गरिएको थियो । यद्यपि ती मानिस हाम्रो पार्टीबाट पलायन भैसकेका छन् । जहाँसम्म पार्टीलार्ई शुद्धीकरण गर्न सबैले आ–आफ्नो टाउकोमा हेलमेट नलगाईकन आगो लगाउने आट गरौँ । पार्टीलार्ई एकीकृत केन्द्रीकृत र सुदृढीकरण गरौँ । यदि कसैलार्ई अलग नै हुने इच्छा नै लागेको हो भने क्रान्तिका मोडहरुमा भेट हुन पनि सक्छ त्यति बेला अलि लाज मान्नु पर्ने अवस्थाको सिर्जना नगरौं ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार